Logo

Student Corner

बाल्यकाल

Written by: Tatsam gautam - 23045, Grade XII

Posted on: 23 December, 2022

सम्झिन मन लाग्छ अहिले
ती बाल्यकालका दिनहरू 
जीवनको रमाइलो अवस्था,
खेलूँ खेलूँ लाग्ने, नाचूँ नाँचू लाग्ने
सुतूँ ,खाऊँ ,खेलूँ, फेरि सुतूँ 
न त कुनै किसिमकाे तनाव
न त गर्नुपर्छ कुनै किसिमको काम। 
आउँछन्, माया गर्छन् सबै 
खुसी भइन्थ्याे, त्यसमै रमाई 
बाल्यकालको फाइदा नै त्यही  
सबैकाे  माया, हाँसी खुसी जीवन

एक्लै छोडी काेही कहीँ जाँदैनथे 
अलि कति घाऊ चोट लाग्दा 
म रिसाएर अलि पर भाग्दा
सबजना आतिन्थे र छिनमै मातिन्थेँ ।

आफू त सबैकाे प्यारो भइने  
जता अरू जान्छन् आफू त्यतै गइने,
रमायाे खेल्याे, घुम्याे त्यही रहेछ बाल्यकाल
खायाे खेल्याे, अनि फेरि घुम्याे
यही रहेछ बाल्यकाल ।
अहिले सम्झँदा,
कति रमाइला थिए ती दिनहरू ,
लाग्छ, अहिले त्यही अवस्थामै रहूँ, 
सानो सानो कुरामा पनि रमाइरहूँ,
सानाे सानाे कुरामा खुसी भइरहूँ ।