Logo

Student Corner

बलात्कार

Written by: Surabhi Ghimire - 26012, Grade IX

Posted on: 22 December, 2022

मैले छोरालाई सुस्केरा हाल्दै भनेँ । "मैले तिमीलाई धेरै पटक भनेको छु, बेलुका आठ बजेपछि बाहिर नबस । मलाई थाहा थियो कि मैले भनेका कुराको उसले वास्ता गर्दैन । तर पनि ऊ सुरक्षित रहोस् भन्ने चाहन्छु । “बलात्कारका घटना धेरै भएका छन् । बलत्कारका घटना मात्र पनि हाेइन, आजभाेलि अन्य अपराधका घटनाहरू पनि घटेका समचार सुनिन्छन् । उसैमा राती हिँड्ने समय पनि हाेइन, के…सम्झाउनु  तिमीलाई मेराे कुरा सुने पाे ।”
"आमा, केटाहरू बलात्कार हुन सक्दैनन्, धेरै चिन्ता नगर्नुहोस् । कसैले पुरुषलाई बलत्कार गरेको सुनेको छैन ।" छोराले भन्यो ।
अलिकति शङ्का लाग्यो तर ऊ शिक्षित थियो । म कहिल्यै विद्यालय गएको छैन । यो विषयको बारेमा खासै थाहा थिएन । जनताले बोल्ने सबै बलात्कारका घटना महिलामा आधारित छन्। मेरो छोरालाई पूर्ण रूपमा मैले विश्वास गरिन । उसले मलाई रिसाएर हेर्यो र माथि आफ्नो कोठामा गयो । मैले जीवनलाई झण्डै छाडिसकेको थिएँ । श्रीमानकाे मृत्यु भएदेखि कुनै पनि कुरा राम्राे भएकाे छैन । हाम्रो विवाहको दस वर्षपछि क्यान्सरका कारण उनको मृत्यु भयो । कुनै पनि साथी वा परिवारसँग कुरा गर्न नसक्दा मलाई साँच्चै अति नै मानसिक पीडा सहन गर्नु पर्‍याे । मसँग मात्र मेरो बच्चा थियो र ऊ पाँच वर्षको थियो । उसलाई गुमाएमा सबै कुरा गुमाउँछु जस्तो लाग्यो । ऊ नै मेराे जीवन अर्थात् प्राण थियाे । तर,उसको बाहिर जाने बानीले मलाई अत्याधिक चिन्तित बनाउँथ्याे। 
ऊ आफ्नाे काेठामा गएर माेबाइलमा नै व्यस्त हुन्छ । "मेरी आमा किन यति धेरै चिन्ता गर्नुहुन्छ ?" छोराले आफ्नाे साथीलाई म्यासेज गर्दै भन्यो । "मलाई थाहा छैन । मलाई लाग्छ तिम्री आमाले तिमीलाई धेरै माया गर्नुहुन्छ । उहाँसँग तिमी मात्र छौ।"साथीकाे कुराले मलाई आमाकाे बारेमा धेरै कुरा साेच्न बाध्य बनायाे । बुबाको मृत्युपछि आमा एक्लो महसुस गर्नुहुन्छ। मलाई उहाँसँग कसरी बोल्ने थाहा छैन । मलाई थाहा छैन, म के गल्ती गर्दैछु । मैले माेबाइल चलाउन बन्द गरेर सुत्न गएँ । भोलिपल्ट सबै ठिक थियो । आमा आफ्नो काममा गइन् । छोरा आफ्नो विद्यालय गयो । आमा घर आएपछि समाचार सुन्न टेलिभिजन खोलिन् । सुरूमै ठुलाे अक्षरमा एक पन्ध्र वर्षको केटा बलात्कृत भएको खबर लेखिएको थियो । यसमा कुनै गल्ती थिएन । उनी डराइन्, आफ्नो फोन खोलिन् । फाेन गर्न खाेजेकाे नम्बर बन्द थियो । खबर बुझ्दै गर्दा उनको छोरो नै  बलात्कृत भएको रहेछ । अन्त्यमा मारिएको रहेछ।

उनको छोरालाई विश्वास थियो कि कसैले पुरुषलाई बलात्कार गर्न सक्दैन । समाजका धेरै मानिसहरूले यस्तै कुरा सोच्छन् तर यो सत्य होइन । यस्ता कुराहरूमा विश्वास गर्नुअघि सधैँ तथ्यहरू खोज्ने । केही मानिसहरूले समलिङ्गी मानिसहरूलाई नराम्रो व्यवहार गर्छन्। यसले समलिङ्गी मानिसहरूलाई निराश/मानसिक रूपमा अस्थिर बनाउँछ । त्यस्तै पुरुषहरू बलियो हुनु र महिलाहरू कमजोर हुनुको मनाेविज्ञान सबै ठाउँमा सत्य हुँदैनन्। धेरै पुरुषहरू बलात्कृत भएका घटना बाहिर आएका हुँदैन् । मानिसहरूले "तिमी पुरुष हाै, तिमी बलियो हुनुपर्छ।" भन्छन्।