Logo

Student Corner

वातावरण प्रदुषण

Written by: Sarvesh Raj Adhikari - 30056, Grade V

Posted on: 22 December, 2022

आजको समयमा वातावरण प्रदुषण धेरै ठुलो समस्या हो। यो कुरा हामीले रोक्नुपर्छ। यसले हरेक जीवजन्तुलाई नाेक्सान पुर्‍याउँछ। त्यसैले हामीले यसलाई रोक्नुपर्छ। प्रदुषण पनि चार प्रकारका हुन्छन्, ती यस प्रकार छन् । जल प्रदुषण, वायु प्रदुषण, जमिन प्रदुषण र आवाज प्रदुषण। नचाहिने कुरा हावामा मिसियो भने त्यो वायु प्रदुषण हो। CO2, SO2 जस्ता नचाहिने ग्याँस हावामा मिसिएर, प्लास्टिक जलाएर, चुरोठकाे धुवाँले पनि वायु प्रदुषण हुन्छ। यस्ताे प्रदुषणले विश्वलाई नै असर गरिरहेकाे हुन्छ। यसले मुटुको रोग लाग्छ, सासको रोग लाग्छ। नचाहिने कुराहरू पानीमा मिसायाे भने जल प्रदूषण हुन्छ। मरेको जनावर पानीमा फालेर, विद्यालय र घरबाट निस्केको फोहोर नदीमा फालेर पानी प्रदूषण हुन्छ। जल प्रदूषण भएको पानीले हामीले नुहायाैँ भने हामीलाई रोग लाग्छ, हामीले फाेहोर पानी पियौँ भने पनि हामीलाई रोग लाग्छ।  नचाहिने सामानहरू माटोमा कि त जमिनमा मिलायो भने जमिन प्रदूषण हुन्छ। जमिन प्रदुषण गर्यो भने दैनिक जीवनमा आहाराकाे अभाव हुन्छ। प्लास्टिक, सिसा जस्ता नचाहिने कुराहरू जमिनमा फाल्याैँ भने जमिन प्रदूषण हुन्छ।  उद्याेग,कलकारखानाबाट निस्केको विषादीहरूले पनि जमिन प्रदूषण हुन्छ। जमिन प्रदुषणले गर्दा माटाकाे शक्ति क्षयीकरण जस्ता प्राकृतिक घटनाहरु घट्न सक्छन्। जमिन प्रदुषणले वातावरण नराम्रो देखिने गर्छ। जमिन प्रदूषणले माटो भित्र बस्ने किरा र जनावरहरूको जीवन पनि लिन्छ। धेरै ठूलो स्वरमा करायो भने र धेरै ठूलो अवाजमा स्पिकर बजायो भने पनि आवाज प्रदूषण हुन्छ । आवाज प्रदुषणले कान दुख्ने,  कानको रोग लाग्ने जस्ता कुराहरू हुन्छन् । यो वातावरण प्रदुषणले हाम्रो स्वास्थ्यलाई हानि पुर्‍याउँछ । त्यसैले हामीले वातावरण प्रदूषण रोक्नुपर्छ ।  
धन्यवाद ।