Logo

Student Corner

विवेक वाइबा लामा

Written by: Krituka Sapkota - 25005, Grade X

Posted on: 21 December, 2022

नेपालमा अहिलेको समयमा धेरै नयाँनयाँ संगीतकारहरू अघि आएका छन्न् र आफ्नो पहिचान आफैँले बनाउन सफल भएका छन्न् । नेपाली सांगीतिक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन  पनि उहाँहरू  सफल हुनुभएकाे छ । त्यस्तै नेपालको एक प्रख्यात र साह्रै राम्रो संगीतकार रूपमा विवेक वाइबा लामा पनि हुनुहुन्छ । उनको जन्म वि.सं. २०५१ कार्तिक १७ भएको थियो । उनकी आमा अस्पतालमा काम गर्छिन् र उनका बुबा विशेष शिक्षा सञ्चालन गरेकाे विद्यालयका बस चालक भएर काम गर्थे । उनकाे परिवार मध्यम वर्गीय परिवार हाे । उनको परिवारमा विवेक,उनका दाजु र आमाबुबा हुनुहुन्छ । उनको परिवारलाई पैसाको धेरै अभाव थिएन तर पनि सानो सानो समस्या  त हुने गर्थ्याे । उनको बुबाकाे  स्वभाव कडा भएकाले मन पर्दैन थियाे । तर आमा भने सबभन्दा मिल्ने साथीजस्तै हुनुहुन्थ्याे । आफ्नी आमासँग भने सबै कुरा भन्ने गर्थे ।  उनलाई सानैदेखि सङ्गीतमा रुचि थियो र सधैँ उनको स्वरको प्रशंसा हुने गर्थ्याे । एक दिन उनी विद्यालयमा प्रधानाध्यापकले बाल कार्यक्रममा भाग लिने सुझाव दिनुभयाे र  त्यसपछि उनले रेडियो नेपालमा अडिसन दिन्छन् र उनी छनोट पनि हुन्छन् । उनले रेडियो नेपालमा गीत पनि गाउँछन् । गीत गाउँदा एक हजार रुपैयाँ पनि पाउँछन् । त्यसपछि उनी सङ्गीत सिक्न जोड दिन्छन् । उनले गितार बजाउन भने आफैँ सिक्छन् ।सङ्गीत सिकेपछि उनले विद्यालयमा उनले गितार बजाउने  गर्थे । उनको साङ्गीतिक जीवन अगाडि बढाउँदै लिने क्रममा नेपालकाे रियालिटी साे भ्वाइस अफ नेपालमा जान्छन् । उनी ब्लाइन्ड अडिसन हुँदै सेमिफाइनलसम्मकाे यात्रा पुग्छन् । उनले भ्वाइस अफ नेपालले गर्दा उनको साङ्गीतिक जीवन राम्रो भएको भनेर मान्ने गर्छन् । उनले भ्वाइसअफ नेपालमा गएर गीतको बारेमा धेरै कुरा सिकेका छन् । उनले त्यसपछि अरूले गाएको गीतलाई फेरि आफैँले गाएर युटुबमा हाल्ने गर्थे ।  तर पनि उनलाई अरूले गाएको गीत गाएर प्रसिद्ध भएको कुराले मन खुसी थिएन  र उनलाई मानिसहरूले अरूले गाएको गीतको नामबाट चिनिने गर्थे तर उनलाई आफ्नो गीतबाट चिनिने रहन हुन्छ  । उनले आफ्नो पहिलो सङ्गीत क्लस एक्स प्रेसेन्टएसनमा हस्ताक्षर भएपछि पहिलो डेब्यु गीत किन थियो र पहिलो रिलिज भएकाे गीत भने लइ बरी लई थियो ।  उनका अरू प्रख्यात गीतहरू  एक्लै जिउन सिके, सायदजस्ता  गीतहरू  प्रख्यात् छन् । उनले अझै पनि राम्रा राम्रा गीतहरू गाउँदै गएका छन् ।उनले आफ्नो एउटा लुगालाई आफ्नो तरिकाले डिजाइन गरेर बेच्ने गर्छन् ।   उनी एक राम्रो सङ्गीतकार मात्र नभएर एक सहयाेगी मान्छे पनि हुन् । उनी कहिले पनि अरूकाे नराम्रो सोच्दैनन् र सधैँ अरूलाई सहयोग गर्न अगि बढ्छन् ।
मैले एक सेलिब्रिटी मात्र नभएर एक साधारण मानिसको रूपमा पनि थोरै भए पनि चिनेकी छु । उहाँलाई  म दाजु भनेर बाेलाउने गर्छु । उनले सधैँ मसँग राम्ररी बोल्ने र मसँग राम्रो व्यवहार गर्छन् ।  नेपालमा मात्र नभएर दुबै, जापान, अष्ट्रेलिया जस्तै ठाउँहरूमा पनि कन्सर्ट गरेका छन् । उनले भर्खरै विदेशी सङ्गीतकार जेसन डेरुलोसँग पनि काम गरेका छन् । उनले सधैँ नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने कुरा गर्छन् र उनले धेरै मिहिनेत पनि गर्दैछन् । उनले क्लस यक्स प्रेसेन्टएसनमा अरू अन्य नयाँ आउँदै गरेका सङ्गीतकार तथा गायककारहरूलाई पनि बाटो देखाउन सहयोग गर्छन् । उनी  साह्रै रमाइलो गर्ने मान्छे हुन् ।  

मैले कुनै यस्तो राम्रो र नम्र मान्छे भेटेको थिइन । उनको सङ्गीतले मलाई पनि गाह्रो भएको समयमा सहयोग गरेको पनि छ । उनले कलाकारहरूको न्यायको लागि र उनीहरूसँग हुने दुर्व्यवहार भएको कुराको आवज पनि उठाउने गरेका छन् । मलाई यस्ताे लाग्छ नेपालले एक असल, सहयाेगी र कुशल सङ्गीतकार प्राप्त गर्दा गाैरव महसुस गरेकी छु ।