Logo

Student Corner

मेरी आमा

Written by: Shreejesh Raj Joshi - 23041, Grade XII

Posted on: 21 December, 2022

तिम्रो आँसु झर्दा आमा
मलाई घोच्छ सियोले झैँ  आमा
नौ नाै महिना गर्भमा राखी
जन्म दियाै,  तिमीले मलाई ।

सुन मेरी प्यारी आमा
तिमीले सुन्दर धर्ती देखायाै,
सुन्दर धर्तीमा पाइला टेकायाै
मलाई धेरै कुरा सिकायाै ।

मबाट गल्ती भए  मलाई माफी दिनू
म त तिम्रै अन्जान सन्तान हुँ
तिम्रो आखाको  नानी हुँ 
माया गर्छ्याै मेरी आमा  ।

हुनेछु म सधैँ तिम्रो आँखामा
छाेड्ने छैन कहिले पनि 
मेरी आमा तिम्राे काख म, 
रहनेछु जहिले पनि तिम्राे साथ म ।