Logo

Student Corner

छोरा छोरीमा भेदभाव

Written by: Prastut Chandra Baral - 31018, Grade IV

Posted on: 21 December, 2022

हाम्रो समाजमा धेरै वर्षदेखि छोरा र छोरीमा भेदभाव गर्ने चलन चलिआएको छ । यो पहिलादेखि नै चलिआएको हाे । यसलाई निर्मूल गर्न भने धेरै गाह्रो भएको छ । धेरैजसो गाउँघरमा यो भेदभाव अझै पनि चलिरहेको छ । छोरीमान्छेहरूलाई घरकाे काममा लगाउने, छाउगोठमा राख्ने, स्कुल नपठाउने, छिटो विवाह गरेर पठाउने यस्ता समाचारहरू अहिले पनि हामी सुन्न सक्छौँ । धेरै मानिसहरूले छोरी मान्छेलाई पढाउनु हुँदैन भन्छन् । छोरीमान्छेहरू घरमै बसेको राम्रो हो । छोरीमान्छेले बाहिर गएर काम गर्नुहुँदैन भन्ने मान्यता अहिले पनि हाम्रो समाजमा रहेको छ । कानुनले यसलाई हटाउन सक्नुपर्छ ।  हामी जस्ता केटाकेटी र अन्य बुद्धिजीवि मान्छेले यो भेदभावलाई हटाउन सक्नुपर्छ । छोरी मान्छेलाई पनि सम्मान गर्नुपर्छ र भेदभाव हटाएर उनीहरूलाई अगाडि बढाएमा हाम्रो समाज अझै अगाडि बढेर विकसित हुन्छ ।