Logo

Student Corner

म रमिते बन्दै छु

Written by: Siddhartha Pandey - 24056, Grade XI

Posted on: 20 December, 2022

निश्चित छ विश्व विनाश ,
अनिश्चित  छ यो जीवन ,
विश्वमा लाग्न सक्छ आगो ,
जसले जलाउने छ सृष्टिको धागो।

न म मर्छु, न म मार्न लगाउँछु ,
न म जित्छु, न म हार्न लगाउँछु। 
न त म कम, न त म बढी ,
साँचाे के होला जीवनको कडी ?

केही गर्दिन म
खाली हात आएको छु
जन्तुहरू हराउँदै छन्
रुखहरू जल्दै छन् ।
पीडाको नदी बग्दै छ, 
म यहाँ व्यवस्थाको 
आगो जलाउँदै छु ।

मानिस उता मर्दै छन्,
म यहाँ गफ लडाउँदै छु,
खान नपाउने रुँदै छन्,
म हाँसी खुसी मनाउँदै छु ।

विनाशले भयङ्कर रूप लिँदै छ,
तीव्र गतिमा अघि बढिरहेकाे छ,
तर म रमिते बन्दै रमिता हेर्दै छु, 
बन्धनले जता लग्यो, म त्यतै जाँदै छु ।