Logo

Student Corner

बाबा !

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 19 December, 2022

जीवनमा आमाको आँशुलाई मात्र हेरियाे 
जति दुःख सङ्घर्षको गीत आमाकै लागि गाइयाे
सधैँ आमा आमा भन्दै कविताहरू पनि रचियाे
तर बाबाले गुनासा सुनिएन

म सोच्छु 
यो बाबा शब्द सुन्दा वा भन्दा 
जति सरल  र सहज रहेछ 
असल बाबाको परिचय दिन
निकै मुश्किल र दुःख रहेछ   ।

एउटा सन्तान र परिवारको
जिम्मेवारी बहन गर्ने 
अनि ती आँखाको आँसु सधै लुकाउने 
बाबा साच्चिकै महान्  रहेछन् ।

मैले बाबा ! आज चाहियोभन्दा 
बेलुका घर आउँदा मैले चाहेकाे कुरा आयाे
मैले बाबासँग मागेकाे कुरा आयाे 
अनि आफै सोच थिए कतै हाम्रो कारण
बाबा आफ्नाे खुसीबाट टाढा त हुनुहुन्न  
बाबाले बेला बेला भनिरहने कुरा याद आउँछ
छोरी मेरो जीवन तिमीहरूकै लागि त हो  
अनि मनमा नयाँ प्राण भरिन्थ्याे ।


आफ्ना आवश्यकतालाई  ध्यान नदिएर 
सन्तानकाे खुसीका लागि बाँच्ने र रमाउने
सन्तानका लागि बाँच्ने र कमाउने 
मेरा बाबा महान् छन् ।

सादा जीवन उच्च विचारलाई व्यवहारमा उतार्ने 
म हारेको  बेला झुसिलिकिरा किरा भनी
फलेको किरा एक दिन पुतली बनेर उड्छ भनी सिकाउने 
अनि  सफलताकाे उडान भरिदिने मेरा बाबा महान् छन् ।  

बाबा!
म हजुरको सपनालाई पूरा गर्न हरदम प्रयासरत छु,
देखेका सपना पूरा गर्ने नै छु 
अब आशा यति छ कि  
यो जुनीमा मात्र नभई , 
म हरेक जुनी हजुरकै छोरी भई जन्मिन पाऊँ ।