Logo

Student Corner

मेराे मन पर्ने पुस्तक

Written by: Pratyush Lohani - 31019, Grade IV

Posted on: 19 December, 2022

मैले धेरै बालकथाहरू पढेको छु । त्यसमध्ये  मलाई ‘गायक बिरालो’ बालकथा सङ्ग्रह साह्रै राम्रो लागेको थियो । त्यस सङ्ग्रहमा रहेको ‘अर्जुनको हिम्मत’ शीर्षकको कथा धेरै राम्रो रहेकाे छ । यस कथालाई यम बास्ताेला ज्यूले लेख्नुभएको हो । यस पुस्तकलाई ‘ब्रदर बुक प्रकाशन’ले बजारमा ल्याएको हो । यस कथामा अर्जुन, बुबा, आमा, सञ्जीव आदि पात्रहरू रहेका छन् ।
विषयवस्तु
यस कथामा अर्जुन नामकाे बालक हुन्छ । ऊ पढेर भविष्यमा राम्रो इन्जिनियर बन्न चाहन्छ तर दुर्भाग्यवश ज्वरोको समयमा उपचार नगरेकाले उसका आँखाका ज्योति हराउँछन् ।  त्यस दिनदेखि ऊ स्कुल नगएर घरमै बस्छ । सानो भाइ स्कुल जान थाल्छ र भाइसँगै  ऊ पनि फेरि स्कुल जान थाल्छ । अर्जुन पढाइमा तेज  थियो । उसले भाइलाई पनि पढाइमा सहयोग गर्थ्यो । ऊ  विद्यालयका हरेक कार्यक्रममा पुरस्कृत  हुन्थ्यो । यो कुरा सुनेर आमाबुबा खुसी हुनुभयो र अर्जुनलाई अझै सहयोग गर्नुभयो । अर्जुनले ब्रेल लिपिकाे सहायताले उच्च शिक्षा हासिल गर्न सफल भयो र भाषण कलामा  निपूर्ण भएकोले देशको प्रतिनिधि गर्दै विश्व भ्रमणको अवसर पनि पायो र विदेशी भूमीमा पुरस्कृत भएर देशकै नाम राख्यो ।