Logo

Student Corner

के हुँदै छ ?

Written by: Subir Acharya - 24072, Grade XI

Posted on: 16 December, 2022


किन रुन्छ यो मन देख्दा यो दुर्दशा 
यो दु:ख, यो कष्ट मलाई मात्र हो कि, 
कहाँ जानु अब याे व्यथा म बाेकी
भएर नि मनमा नदेखिएकाे हाे कि  ?

किन लुकाऊँ म मेरो पीडा याे ?
देखाउन खाेज्छु सबैलाई पीडा याे 
थाहा पाउन् सबैले म काे र कहाँ छु 
कुनै अन्धकारभित्र म भित्र जहाँ छु । 

कति फैलाउनु यी पापी हात 
दिँदैनन् त कसैले अब साथ ,
अब रहेनन् साथी, रहेन कुनै मित्रता 
जानी नजानी म त भासिएछु कता ?

अघि बढ्ने, मेहेनत गर्ने को छ र यहाँ 
खुट्टा तान्दै अघि बढ्ने सबै छन् यहाँ
देख्छु म सबैको आँखामा शत्रुता ।
मानवता नै हराएको आभास हुँदैछ यो मनमा 

गौतम बुद्ध जन्मिएको यो देशमा 
स्नेह र ममताले पाइला छोड्दैछ 
सम्बन्ध थाह छैन तर, नाता जाेडिदै छ
आश्चर्यमा छु म यो संसार कता मोडिदै छ ?