Logo

Student Corner

रोबोटको नकारात्मक प्रभाव

Written by: Riddhis Sharma - 26006, Grade IX

Posted on: 16 December, 2022

राेबाेट मानवले बनाएकाे एक महत्त्वपूर्ण अपलब्धि मानिन्छ । विज्ञानले बनाएकाे चमत्कारी उदाहरण पनि हाे । अहिलेको प्राविधिक युगमा प्रविधिकाे विकासले सामान्य मानिसको जीवनमा पनि अत्यन्त ठूलो प्रभाव पारेको छ । यसले हाम्रो दैनिक क्रियाकलापमा पनि प्रभाव पारेको छ । हामी सबैलाई थाहा नै भएको कुरा हो, प्रविधिकाे विकासले हाम्रो काम सहज, सरल र छरिताे बनाउने गर्दछ । विज्ञानकाे विकास यति छिटो भइरहेको छ कि अहिले केही क्षेत्रमा भने मानवले बनाएका रोबोटहरूले काम गरिरहेका छन् । यसले मानिसहरूको काम सहज बनाउँछ र अरू क्षेत्रमा विकास गर्न समय दिन्छ ।  तर, के यो राम्रो कुरा हो त ? मेरो विचारमा त हैन किनकि, यस्ता आविष्कारहरूले काम गर्न त सहज बनाउँछन्, तर कयौँ मानिसहरूको जीविकोपार्जन गर्ने बाटो बन्द गरिदिन्छन् । प्रविधिकाे विकासलाई मैले नराम्रो भन्न खोजेको हैन । यस्तो काममा रोबोटहरूकाे प्रयाेग गर्नु राम्रो हैन । अहिलेको समयमा मानवले रोबोट मानिसदेखि कुकुरसम्म बनाएका छन् । यी रोबोटहरू मानव जसरी कुरा मात्र नभएर गणितका कठिन कठिन प्रश्नहरूका पनि सजिलैसँग उत्तर दिन सक्छन् । यस्ता कुरा आजकाे समयमा राम्रा देखिए पनि विज्ञानको गतिशिल विकासका कारणले यी रोबोटहरूले केही वर्षको अवधिमा मानिसले गर्ने सबै कामहरू यिनीहरूले नै गर्छन् ।  यसरी रोबोटले काम गर्न सके भने रोबोटले आफैेँ अर्को रोबोट बनाउन सक्छन् । रोबोटले आफूजस्तै अरू रोबोट बनाउन सके मानवले रोबोटलाई नियन्त्रणमा राख्न सक्दैन । रोबोटमा यदि चेतनाको विकास भयाे भने रोबोटहरू मानव नियन्त्रणमा रहन सक्दैनन् । यिनीहरूले  मानिसहरूमाथि प्रहार पनि गर्न सक्छन् । यसले गर्दा मानव जाति अन्त्यको एक कारण हुन सक्छ। त्यसैले मेरो विचारमा मानिसले रोबोट बनाए पनि यसको अत्याधिक प्रयोग नगरी  आवश्यकताका आधारमा  यसको उत्पादन गर्नुपर्छ ।