Logo

Student Corner

प्रिय साथी

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 15 December, 2022

मन्द मुस्कान गुलाबी ओठ ताजै आउँछन्
अझै तिम्रा यादहरू मनमा गहिरो गरी आउँछन्
तिम्रा त्याे नम्र बोली अनि मधुर स्वरले
मलाई सम्मान दिन बाध्य बनाउँछ, तिमीलाई ।

प्रिय साथी याद आउँछ  मलाई  
तिमीसँग भएका ती छाेटा भेटहरू
सम्झन्छु मनमा आएका अनौठा भावहरू
अनि अहिले सम्झन्छु, म धेरै भाग्यमानी रहेछु
उराठ मेराे जीवनलाई  चिन्न पाउँदै छु।


तिमीसँग बोल्दा एकोहाेरिएकी हुन्छु म
खै किन सुरक्षाका भावहरू झल्किन्छन् आँखामा
सायद नाताभन्दा भावनाकाे सम्बन्ध प्रिय रहेछ 
त्यसैले भाग्यमानी म छु जस्तै लाग्छ 
तिमी जस्तो प्रिय साथी पाएकी छु ।

तान्छ मलाई तिम्रो त्यो सङ्गीतले
सँगै हुँदा गुनगुनाएकाे त्याे गीतले
तानेर ल्याउँछ मलाई तिम्राे समीपमा
जीवनकाे काखमा, सुनाैलाे भाकामा
त्यसैले त म तिमीलाई भन्ने गर्छु
तिमी मेराे जीवनकाे सारथी हाै ।