Logo

Student Corner

चुनावी प्रक्रिया

Written by: Samip Aryal - 25014, Grade X

Posted on: 15 December, 2022

चुनावमा मानिसहरूले आफूलाई चाहेको चुनावमा उठेको प्रतिनिधिलाई भोट दिन्छन् । मानिसहरूलाई चुनावमा भोट दिने अधिकार छ । हामीले आफ्नाे अधिकारकाे प्रयाेग सघं, प्रदेश र स्थानीय तहमा प्रयाेग गर्न पाउछाैँ । चुनावले राज्यमाथि काम गर्ने जिम्मेवार व्यक्तिकाे छनाेट गर्दछ । यसले लोकतन्त्रलाई बलियो बनाउने काम पनि गर्दछ । यसले शान्ति स्थापना गर्न मद्दत गर्दछ । हामीले चुनावबाट हाम्राे र राम्राे सरकारलाई प्राप्त गर्दछाैँ । भाेट हाल्नका लागि १८ बर्षभन्दा बढीको हुनुपर्छ र हामीसित आफ्नाे मतदाता परिचय पत्र पनि हुनुपर्छ ।

चुनाव हाम्राे स्थानीय ठाउँमा प्रायः सबैलाई सजिलाे हुने गरी छनाेट गरेको हुन्छ । चुनाव सञ्चालनका लागि विद्यालय तथा अन्य सार्वजनिक ठाउँमा पनि मतदान केन्द्र स्थापना गरेकाे हुन्छ ।


अरू ठाउँमा पनि गर्न सकिन्छ । चुनावमा सबैको सल्लाहमा कुन ठाउँमा मतदान केन्द्र राख्दा उपयुक्त हुन्छ,त्यसकै आधारमा तय हुन्छ । मतदाता नामावलीमा  स्थानीय ठाउँमा बस्ने मान्छेको नाम हुन्छ । ककसले भाेट गर्न मिल्छ भनेर त्यसमा राखेकाे हुन्छ । चुनावमा अर्को महत्त्वपूर्ण कुरा भनेकाे परिचय पत्र हो । यो पत्रमा चुनावमा भाेट दिने मानिसहरूको नाम, बस्ने ठाउँ, त्यो मानिसकाे फाेटाे र अरू चाहिने कुराहरू राखिएकाे हुन्छ । हामीले चुनावी परिचय पत्रबिना भाेट गर्न पाउदैनाैँ। अर्को चुनावमा चाहिने भनेको कुरा मतपेटिका हो । यसमा चाहिँ भाेटदिने मानिसहरूले आफ्नो भाेट हाल्न मिल्छ । अर्को चुनावमा चाहिने कुरा भनेकाे मतपत्र हो । यो पत्रमा चाहिँ हामीले स्वस्तिक चिह्नकाे छाप लगाउने हो र यो पत्रमा कुनै पार्टीको वा स्वतन्त्रहरूकाे आआफ्ना चुनाव चिह्नहरू हुन्छन् । चुनावमा प्रतिनिधि बन्नका लागि निम्न कुराहरू पुगेकाे हुनुपर्छ । 
१) एउटा नेपाली नागरिक हुनुपर्छ ।
२) प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएकाे हुनुपर्छ ।
३) कुनै पनि अपराधी काममा  संलग्न भएकाे हुनुहुँदैन ।

राष्ट्रपति र उपराष्ट्रपति बन्नकाे लागि ४५ बर्ष उमेर पुगेका हुनुपर्छ । प्रदेश  सभाको सदस्य हुनको लागि २५ बर्ष पुगेकाे हनुपर्छ र अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर आदि हुनको लागि २१ बर्ष उमेर पुगेकाे हुनुपर्छ ।

चुनावअगाडी हामीले चुनावमा भाेट हाल्ने उमेर पुगेका मानिसहरूलाई भाेट हाल्न मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गर्नुपर्छ । उनीहरूलाई मताधिकार भनेकाे सबभन्दा महत्त्वपूर्ण कुरा हाे भनि सम्झाउनुपर्छ । यसरी काेही नछुटुन् र सबैले आफूले चाहेकाे प्रतिनिधि छनाेट गर्ने अवसर प्राप्त गर्न सकुन् भन्ने कुराकाे पनि जानकारी गराउनुपर्छ । सभ्य समाज र सुशासनयुक्त शासन व्यवस्थाकाे प्राप्तिकाे लागि हाम्राे हाेइन राम्राे जनप्रतिनिधि छनाेट गर्ने अवसर गुमाउनु हुँदैन ।