Logo

Student Corner

मेराे मन पर्ने पुस्तक

Written by: Krizan Rajbanshi - 31011, Grade IV

Posted on: 15 December, 2022

मैले धेरै किसिमका पुस्तकहरू पढेको छु । मैले विद्यालयमा विभिन्न किताबहरू पनि पढेको छु । मलाई सबैभन्दा मन पर्ने  ‘नयाँ साथी’ भने कथाकाे किताब हो । यस पुस्तकलाई आनन्द प्रकाश नेपालले लेख्नुभएको हो । याे एउटा बाल कथा हो । यस कथामा एउटा सानो परिवारभित्र आमा, बुबा र छोराछोरी हुन्छन् । छोरा अनुराेध चाहिँ चकचके हुन्छ । दिदी भाइसँगै विद्यालय जाने र आउने गर्छन् । विद्यालय जाँदा एक दिन अनुरोधले  जङ्गलको बाटोमा बाँदरलाई ढुङ्गा टिपेर हान्छ । बाँदरहरू रिसाएर अनुरोधलाई दुःख दिन्छन् । पछि अनुरोधले बाँदरसँग माफी माग्छ ।  बाँदरहरू पनि अनुरोध देखेर खुसी हुन्छन् । त्यस  दिनदेखि अनुरोध र बाँदरहरू साथी  साथी हुन्छन् ।