Logo

Student Corner

पीडित श्याम

Written by: Sakshyam Karna - 26013, Grade IX

Posted on: 14 December, 2022


मेरो नाम श्याम हो । म अहिले २१ वर्षको भएँ । केही वर्षअघिकाे कुरा हाे, मेरो जीवनमा एउटा नराम्राे घटना घटेकाे थियाे । मेरा आमाबुबा धनी हुनुहुन्थ्याे । उहाँहरूले मलाई धेरै महँगो उपहार दिनुहुन्थ्याे । आमाबुबाले मलाई सबैभन्दा महँगो उपहार दिए पनि उहाँहरू वास्तवमा म के गरिरहेकाे छु र कसरी हुर्किरहेकाे छु भन्ने समयमा हुनुहुन्थेन । उहाँहरू सधैँ आफ्नै काममै व्यस्त रहनुहुन्थ्याे । मेराे अधिकांश समय खेल्ने सामग्रीहरूसँग खेल्दै बित्थ्याे । एक दिनकाे कुरा हाे, आफ्नाे कार्यालयबाट आमाबुबा दुवै चाँडै घर आउनुभयो र मलाई एउटा खुसीको खबर सुनाउनुभयो । आमाले मलाई भन्नुभयो अब तिमीसँग एउटा भाइ आउँछ र त्याे तिम्राे साथी पनि हुन्छ । त्यो खबर सुनेर म अत्यन्त खुसी भएँ । भाइ पाएपछि म पनि एक्लै नहुने भएकाले खुसी भएँ । पछि मात्र थाहा पाएँ गाउँबाट छिमेकी काकाकाे छाेरा रहेछ । मैले घरमा बसेर पनि कसैसँग खेल्न पाउने भएँ भनेर रमाउँदै बसेँ । मलाई पनि भाइ भइदिएकाे भए हुन्थ्याे भन्ने लाग्थ्याे । हप्ता दिनपछि गाउँबाट भाइ पनि आइपुग्यो । उसको नाम राम रहेछ । ऊ अलिकति लजालु स्वभावकाे रहेछ । तर केही समयपछि ऊ मसँग राम्ररी बोल्न र खेल्न थाल्यो । ऊ मभन्दा केही महिना मात्र कान्छाे रहेछ । ऊ र म अति नै मिलेर, रमाएर बस्थ्याैँ, खेल्थ्याैँ ।  राम र म धेरै मिल्ने हुन थाल्यौँ । हामी सधैँ जे पनि सँगै गर्थ्याैँ । आमाबुबा घरमा नहुने बेला पनि हामी खेल्दै बस्थ्यौँ । केही महिनापछिकाे कुरा हाे एक दिन राम अचानक मसँग रिसायो र बोल्न नै छोड्यो । मैले उसलाई केही पनि गरेको थिइन । तर पनि ऊ मसँग नबोलेको देखेर छक्क परेँ । केही दिनपछि मेरो जीवनमा फेरि पहिलेझैँ भयो ।  मसँग बोल्ने र खेल्ने मान्छे काेही थिएन । बिस्तारै रामले घरको सामानहरू आफैँ बिगारेर मलाई नै दोष लगाउन थाल्यो र बिगारेकाे काम जति मैले नै गरेको हो भनेर आमाबुवालाई कुरा लाउने गर्थ्याे । रामले गर्दा मैले धेरै गाली खान थालेँ । घरमा यस्ता घटनाहरू निरन्तर हुन थालेपछि कसैसँग बोल्न नै मन लागेन । विद्यालयमा मेरा धेरै साथीहरू नै थिएनन् । एकदिन म पढ्ने कक्षामा हरि नाम गरेको एउटा नयाँ विद्यार्थी आयो ।  ऊ केही दिनपछि मेरो सबैभन्दा मिल्ने साथी बन्याे । हरि र म सधैँ सँगै बस्ने गर्थ्याैँ  र म सधैँ हरिसँग धुम्न जान्थेँ । एक दिन रामले र हरीलाई मसँगै हिडेकाे देख्यो र उसले हरिलाई मबाट टाढा गर्न खोज्दै थियाे । मैले रामलाई फोनमा कसैसँग कुरा गरिरहेकाे सुनेँ र उसले मलाई नै मेरै घरबाट निकाल्ने रे । म त्यो कुरा सुनेपछि एकछिन त आत्तिएँ । त्यो कुरा मैले तुरुन्तै आमाबुवालाई भनेँ। मैले भनेको कुरा आमाबुबाले पत्याउनुभयो र रामलाई फिर्ता पठाउनुभयो। केही महिनासम्म मेरो दैनिकी राम्ररी नै बितिरहेकाे थियाे । राम पनि मेरो घरबाट अर्थात् जीवनबाट नै गयाे भन्ने कुरामा आनन्दित भएँ । तर केही महिनापछि म विद्यालयबाट घर जानेबेला रामलाई पो घरको सोफामा बसिरहेको देखेँ । उसलाई देखेर म तर्सेँ । ऊ अचानक हाँस्न थाल्यो र मलाई भन्न थाल्याे कि "तिमी धनी छौ । तिमीलाई धेरै ठुलाे सहयाेग गरेँ र तिम्राे परिवारलाई पनि ठुलाे सहयाेग गरेँ आज तिम्राे कारणले गर्दा म यता न उताकाे मान्छे बनेकाे छु ।  म पनि तिम्रो जीवनलाई नरक बनाउने छु।” मैले उसकाे कुरा सुनेर तर्सेँ  र आँखाभरि आँसु पारेर आमाबुबालाई भनेँ ।  आमाबुबाले सम्झाउनुभयाे । केही दिनपछि म र हरि घुम्न जानेबेला रामले अचानक हामीमाथि हमला गर्यो । वरिपरि भएका मानिसहरूले रामलाई समातेर प्रहरीलाई बुझायाे र हरि त्यो घटनामा सामान्य घाइते भयाे । त्याे दिनदेखि रामसँग भेट भएकाे छैन ।