Logo

Student Corner

एक तर्फी भावनाहरू

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 13 December, 2022

नसोध मलाई के छ भनी 
नसोध मलाई मेरा हाल खबरहरू 
म अझै बाँचिरहेको छु 
मैले त बस् तिमी प्रतिका भावना 
मात्र मार्न खोजेकी छु ।

पहिलेको तिमी र अहिलेको तिमीमा
आकाश जमिनकाे अन्तर देख्दै छु 
सायद सम्बन्ध मेरा  भावनाले मात्र नहुने रहेछ 
कि भावना हराउन धेरै समय नलाग्ने रहेछ ?

अहिले आफैसँग डर लाग्दै छ, 
कतै फेरि यही भावनाहरूको जालमा पर्ने त हाेइन ?
त्यो सुनसान रातमा चम्किलो जुनलाई नियाल्दै सम्झन्छु , 
सोच्छु किन म यस्तो कुरामा अल्झिदै छु ?

मलाइ थाहा छ, कुनै यस्तो दिन आउनेछ, 
जब त्यही  सुनसान जुनेली रातलाई  
खुसीको खबरले चम्काउने छ, 
त्याे खुसीले सुन्दर संसार सजाउने छ ।
 
भावनाको संसार रमाइलो  हुँदो रहेछ ,
हृदय चाहिँ रित्तो हुँदो रहेछ
पानी बिनाको माछा झैँ
सम्झिए त्यो हाम्रो बिगत

हाम्रो त के भनूँ ,
तिमीले  त कुनै हिस्सा नै लिएनौ 
मेरो जीवनकाे
म आफूलाई के भनूँ 
यो मेरो कमजोरी हो
कब्जा गर्न सक्दिन म 
नियन्त्रण गर्न सक्दिन यी भावनालाई 
नियत्रण गर्न सक्दिन यी भावनालाई