Written by: Aayotrie Chaudhary - 27019, Grade VIII
Posted on: 13 December, 2022
हावाले रुखहरूलाई हल्लाउँछ
फूलहरू बगैँचामा फुलेका छन्
चराले गीत गाउँछन्
सूर्यको किरणले आँगन चम्किन्छ
निलो आकाशमा सेतो बादल नाचिरहेका छन्
जङ्गलमा पन्छीहरू उडिरहेका छन्
माछाहरू पानीमा पौडिन्छन्
र
आकाशमा पुतलीहरू उड्छन्
खोलाहरू बगिरहेका छन्
झरनाहरूले अनेक खजाना लुकाइरहेका छन्
तालहरूमा हिमालको छाँया टल्किरहेको छ
हिमाल र पहाड
हरिया जङ्गल र फाँट
यो हाम्रो संसार
यो हाम्रो पृथ्वी
सबैकाे साझा घर