Logo

Student Corner

म सानी नानी

Written by: Sauravi Thapa - 29030, Grade VI

Posted on: 13 December, 2022

म एक सानी साह्रै नै राम्री चुलबुले छ बानी 
सबैलाई सहयाेग गर्ने याे बानी मनैमा लिएकी

चुलबुले बानी छ मेराे धेरै  रमाउँछु म साह्रै 
सबैकाे मन प्रफुल्ल पार्न छ धेरै गाह्रै ।

पल्लाे गाउँ जाने चुलबुल गर्ने स्वभाव भएकी
बालबालिकाे स्वभाव नै यस्तै चञ्चले रहेकी  ।

सबेले भन्छन् चुलबुल गर्ने राम्राे काम हाेइन 
ठुलाकाे कुरा नसुने हामी अगाडि बढिन्न ।

खेल्न र  नाच्न मन पर्ने मलाई खेल्दछु नाच्दछु 
परिश्रम गर्छु सबैकाे मन सधैँभर राख्दछु ।