Logo

Student Corner

सिप

Written by: Aayaan Rai - 31006, Grade IV

Posted on: 13 December, 2022

हामीले नयाँ नयाँ सिपहरू सिक्नुपर्छ । सिप भनेको कुनै कुरालाई सक्षम ढङ्गले प्रदर्शन गर्न सक्ने क्षमता हो । यसले हामीलाई नयाँ अनुभव प्राप्त गर्न सिकाउँछ । सिप सिक्दा हामीले धेरै कुरा प्राप्त गर्छौं । हामीले धेरै ज्ञान पनि पाउँछौँ । यसले गर्दा हाम्रो शरीरमा नयाँ ऊर्जा थपिन्छ । बालबालिकाले नयाँ सिप सिक्दा उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन हुन्छ । उनीहरूमा सिक्ने बानीको विकास पनि हुन्छ । नयाँ सिप सिक्दा बालबालिकामा आत्मविश्वास बढ्छ । यी सबै तत्वहरूले सबैलाई स्वस्थ राख्न मद्दत गर्दछ ।  हाम्रो शरीरको चौतर्फी विकासमा सहयोग गर्दछ । त्यसैले नयाँ सिप सिक्ने बानी बसालाैँ ।