Logo

Student Corner

सोच्दै छु म

Written by: Swodhin Bhandari - 24048, Grade XI

Posted on: 12 December, 2022

हरेक बिहानी उठ्छु म, के होला त्यस्तो ?
सोच्छु म हरेक दिन, के होला मेरो ?
गर्नु त परिहाल्यो, तर गर्नु चाहिँ के ?
संसार त चलिरहन्छ, तर म संसारभन्दा छिटो चल्नु पर्यो ।

बिहानी त जहिल्यै आउँछ,तर सुनौलो आउनुपर्यो,
को हो त्योभन्दा, सबैको मुखमा मेरो नाम आउनुपर्यो ।
के सक्छु त मैले मेरो नाम बनाउन, म सोच्दै छु, 
कङ्काल नै कङ्कालको माझमा, सफलताको बाटो खोज्दै छु ।

सोच्छु म हरेक दिन र रात, कस्तो भविष्य के पो देख्छु,
यत्तिकै कुरेर बस्दिन म, आफ्नो निधारमा म आफैँ लेख्छु  ।
बन्द छन् यी आँखा, संसार बुझ्ने प्रयास गर्दै छु, 
बन्द छन् यी आँखा, तर आफै खोल्न प्रयास गर्दै छु ।

घमण्डी सोच्नुहोला मलाई तर, यो कुरा बुझ्नुहोओस्,
सफलताको मियाे छोड्दिन चाहे मलाई हेरोस् नहेरोस् ।
सफलताले मलाई हेरोस् नहेरोस्, बुझ्ने कुरा त्यो, 
बनाएर जान्छु म जसरी पनि, अब्बल अस्तित्व मेरो।

यो त केवल सोचाइ मात्र हो, मेरो चाहना हो, 
सोचेर मात्र हुँदैन , सत्यता बनाउनु मेरो कामना हो ।
गर्नेले त गरिहाल्छ हजुर, कामै त हो ,
अरूको काम हेर्ने, मेरो काम गरेर देखाउने हो ।