Logo

Student Corner

नेपालमा पर्यटन

Written by: Manaswi Sapkota - 26004, Grade IX

Posted on: 12 December, 2022

हरेक देशको विकासको लागि राम्रो अर्थतन्त्र हुनु आवश्यक छ ।  हाम्रो देशको आर्थिक अवस्था राम्रो छैन । हामीले यसलाई विभिन्न विधिहरूद्वारा सुधार गर्न सक्छौँ । तीमध्ये एउटा पर्यटन हो । नेपाल हिमाल, ताल, पोखरी र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध देश हो । नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज र धेरै वन्यजन्तु आरक्षित क्षेत्रहरू छन् । नेपालमा वर्षैभरि पर्यटक भेट्टाउन सकिन्छ । यी मध्ये ४५% भन्दा बढी पर्यटक प्राकृतिक सौन्दर्यका लागि नेपाल आउने अनुमान गरिएको छ । यस्तो अवस्थामा नेपाललाई पर्यटन विकासका लागि आवश्यक छ भन्ने बुझ्न सकिन्छ ।

विश्व बैंकको रेकर्डअनुसार देशको अर्थतन्त्रको ६.७% भन्दा बढी पर्यटन उद्योगद्वारा सहयाेग पुगेकाे छ ।  त्यो लगभग २.२ बिलियन अमेरिकी डलर हो ।  पर्यटन उद्योगले पनि नेपालमा रोजगारीको अवसर बढाउन मद्दत गरेको छ । पर्यटन उद्योगका कारण धेरैले रोजगारी पाएका छन् । नेपालमा पर्यटन उद्योगमा प्रशस्त सम्भावना रहेको देख्न सकिन्छ । नेपालमा पर्यटनका लागि पर्याप्त स्रोतसाधन छन् तर हामीले ती स्रोत साधनको सही सदुपयोग गर्न नसक्दा अर्थतन्त्र कमजोर बनेकाे छ ।

नेपालमा पर्यटनका फाइदा धेरै छन् । पहिलो विदेशी मुद्रा आर्जन हो । नेपालमा पर्यटनको विकास हुँदा हामीले धेरै विदेशी मुद्रा भित्र्याउन सक्छाैँ । हामीले विदेशमा पनि मान्यता पाउछौँ । पर्यटन उद्योगले नेपालमा वर्षेनी रु. २३.६ अर्ब सहयाेग पुर्‍याएकाे छ । यसरी पर्यटनको कारणले अर्थतन्त्रमा पनि ठुलाे सहयाेग भएकाे बलियाे प्रमाण हाे । नेपालमा पर्यटनको अर्को महत्त्व भनेको रोजगारीको अवसरमा बृद्धि हो । नेपालमा रोजगारीका अवसरहरू नभएकाले धेरैजसो युवाहरूले नेपाल छाडेको हामीलाई थाहा छ । नेपालमा पर्यटन उद्योगको विकास गर्ने हो भने यसले धेरैलाई रोजगारी दिन मद्दत गर्छ । यसले हरेक वर्ष युवाहरूले देश छाड्ने क्रमकाे दर घट्नेछ । पर्यटनले हाम्रो देशको संस्कृति र परम्परालाई विश्वभर फैलाउन मद्दत गर्छ ।  यसले हाम्रो देशलाई आर्थिक रूपमा मद्दत गर्ने छ।

नेपालमा पर्यटन क्षेत्र आम्दानी र विकासको ठूलो स्रोत भए पनि पर्यटनलाई अगाडि बढाउन हामीले सामना गर्नुपर्ने केही चुनौतीहरू छन् । तीमध्ये एक प्रमुख चुनौती यातायात हो । नेपाल भाैगाेलिक विषमतायुक्त मुलुक हाे । सबै ठाउँमा राम्राेसँग अझैँ सडक यातायात पुग्न सकेकाे छैन ।  नेपालमा यातायातको माध्यम भनेकाे सडक वा हवाई हो । नेपालको सडक राम्रोसँग बनेको छैन ।  ग्रामीण क्षेत्रका सडकमा धुलो र ढुङ्गा कारण आवतजावत गर्न गाह्रो हुन्छ । हवाई यातायातको कुरा गर्ने हो भने नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल काठमाडौँमा छ । विदेशबाट कोही पोखरा आउन चाहन्छन भने पहिले काठमाडौं अवतरण गरेर मात्र पोखरा जानुपर्छ । नेपालमा धेरै आन्तरिक विमानस्थलहरू पनि छैनन् त्यसैले यातायातको एक मात्र माध्यम अधिकांश समय सडक हो । यी सडक पनि व्यवस्थित हुन नसक्दा पर्यटकले धेरै समस्या झेल्नुपर्ने बाध्यता बनेकाे छ।  

नेपालले पर्यटन क्षेत्रमा सामना गरिरहेको अर्को चुनौती भनेको राम्रो होटल, पर्यटन केन्द्र, पर्यटकीय स्थल, सुरक्षा आदिको अभाव हो । नेपालमा अधिकांश पर्यटकीयस्थल ग्रामीण भेगमा रहेकाले पर्यटकले गुणस्तरीय होटल र सुरक्षा पाउन सकेका छैनन् । नेपालमा गोसाइँकुण्ड, दूधपोखरी, रारा, ढोरपाटन, हिले, श्रीनगर लगायतका प्राकृतिक पर्यटकीय स्थलहरू धेरै छन् भने पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् तर ती स्थानहरूमा पुग्न मानिसहरूलाई निकै असुविधाको सामना गर्नुपर्ने हुन्छ । हामीले देशको पर्यटन क्षेत्रकाे विकास गर्नुपर्दछ किनकि यसले हामीलाई आर्थिक रूपमा धेरै मद्दत मिल्दछ ।
धन्यवाद!
स्रोत:https://andjournal.in/2018/07/13/tourism-importance-prospects-and-challenges-with-special-reference-to-nepal/