Logo

Student Corner

मेरो यात्रा

Written by: Avi Thapa - 30008, Grade V

Posted on: 12 December, 2022

म यहाँबाट चुम्लिङ्टार गएको थिएँ । म त्यहाँकाे सिद्धार्थ कटेज गएको थिएँ । यहाँबाट हामी २ घण्टा गाडी चलाएर गएका थियाैँ । म, मेरो बुबा, आमा, दिदि, काकी र बहिनीसँगै गएका थियाैँ । मेरो बाबाको साथी पनि त्यहाँ  आउँदै हुनुहुन्थ्याे। हामी बिहान ९ बजे हिडेका थियाैँ । हामी २ बजे पुगेका थियाैँ । पुगेपछि हामीले पहिले खाना खायाैँ र एकछिनपछि हामी पौडी खेल्न गयौँ  २,३ घण्टा पौडी खेलेर म फुटबल खेल्न गएँ । फुटबल खेलेपछि म जुस खान गएँ। खाना खान गएपछि म सुत्न गएँ भोलिपल्ट उज्यालाे भएपछि हामी केक काटेर अरू ठाउँमा खाना खान गएर म घर गएँ।