Logo

Student Corner

हाम्राे देश नेपाल

Written by: Joyana Thapa - 31010, Grade IV

Posted on: 12 December, 2022

हाम्राे देश नेपाल हो । मलाई नेपालको माया लाग्छ । हाम्राे देशमा धेरै हिमाल, पहाड र खोलाहरू छन् । हाम्राे देशमा सबैभन्दा अग्लो हिमाल सगरमाथा छ । हाम्राे देश एसिया महादेशमा पर्दछ । हाम्राे देशमा धेरै जात र भाषाभाषिका मानिसहरू छन् । हाम्राे देशको राष्ट्रिय जनावर गाई हो । राष्ट्रिय फूल लालीगुराँस हो । राष्ट्रिय चरा डाँफे हाे । याे सुन्दर शान्त देश हो । हाम्राे देशमा धेरै खेती, किसानी गर्ने मानिसहरू छन् । हाम्राे देशमा मानिसहरू मिलिजुली बस्छन् । हाम्राे देशमा मानिसहरू एकअर्कालाई सहयोग गर्छन् । मलाई हाम्राे देश नेपालकाे धेरै प्यारो लाग्छ ।