Logo

Student Corner

हाम्रो देश नेपाल

Written by: Ashwith Acharya - 33030, Grade II

Posted on: 12 December, 2022

हाम्रो देशको नाम नेपाल हो । हाम्रो देश सानो सुन्दर र राम्रो छ । हाम्रो देश भारत र चीनको बीचमा छ । हाम्रो देशमा धेरै पहाडहरू र खोलानालाहरू छन् । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि हाम्रो देशमा पर्छ । भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी पनि हाम्रो देश नेपालमा नै छ । नेपालमा धेरै मन्दिरहरू छन् । पशुपतिनाथको मन्दिर पनि नेपालमा नै छ । हाम्रो देशको राजधानी काठमाडौँ हो । हाम्रो देश धेरै राम्रो देश हो ।