Logo

Student Corner

आखिर जिन्दगी के रहेछ ?

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 09 December, 2022

आखिर जिन्दगी के रहेछ  ?

खै किन आजकल म धेरै सोच्छु ,
आफैँभित्र नयाँ जिन्दगी खाेज्छु  ।
म  मेरो जिन्दगीलाई साेध्छु,
यति धेरै शून्यतामा लगेर सोच्छु 
खै के रहेछ  त जिन्दगी ?

न  केही खाेजे जस्ताे न कसैले राेजे जस्ताे 
मैले सोचेभन्दा भिन्न रहेछ  जिन्दगी 
जिन्दगी कसैले लेखेको किताब हो
भ्रममा परेछु म याे पनि झुट रहेछ

यो त मैले आफैँले लखेको किताब रहेछ ।। 
मिलाउन खाेज्दा नमिल्ने कता कता
तान्न खाेजे यताउता याे अनाैठाे हिसाब रहेछ
त्यसैले, 
आजकल म तर्कना गर्न छोडिदिएँ  ।

आखिर चिसो दाउरा बाल्न खोज्नु भनेको
सलाई अनि आफ्नो मिहेनत खेर फाल्नु  रहेछ ।। 
यस्तै धेरै कुरा मनमा खेलाउनु भनेकाे
निराशाकाे ज्याेति मस्तिष्कमा बाल्नु रहेछ ।

जिन्दगीमा  सफलता पाउने आशामा
सङ्घर्षको यात्रा बिचमै छोड्नु हुन्न रहेछ ,
के थाह सफलता दुई पाइलाको दुरीमा हुन सक्छ ,
के थाह यति सानाे दुरीले सगरमाथा छुन सक्छ ।