Written by: Krishma Thapa - 27005, Grade VIII
Posted on: 09 December, 2022
हामी अहिले यति अगाडि आइपुग्दा पनि पनि भान्छाका कामहरू महिलाले गरेको राम्रो पुरुष टाढै बसे हुन्थ्यो भन्ने लाग्छ । भान्साका काम महिलाहरूलाई लगाएर बाहिरको काम भने पुरुषहरूले गर्दछन्। घरको कमाई गर्ने पुरुष भनेर चिनिन्छ। काठमाडौंमा मात्र होइन नेपालका कतिपय ठाउँहरूमा अहिले पनि घरकाे काम भने महिलालाई दिइन्छ ।
हामी कतिपयका घरमा अहिले आमाहरू काम गर्न जानुहुन्छ तर घर फर्किएपछि भान्छातिर लाग्नुहुन्छ । दिनभरि थाक्ने गरी काम गर्याे र घर आएर पनि घरकाे काम सबै गर्नु पर्ने। सबैकोमा त होइन होला तर कुनै कुनै घरमा मात्र बुवाले सघाएको देखिन्छ । भारी काम महिलाले गर्न नहुने यस्तो गर्न सक्दैनन् उस्तो गर्न सक्दैनन् भनी हेपिएका थिए । अहिले हेर्दा गाडीहरू पनि महिलाले चलाएको देखिन्छ । महिलाहरू अहिले भने निकै अगाडि पुगेका छन् । पहिले बाँधिएर राखिएका महिलाहरूले केही गर्न सकेनन्। नियमहरू बाँधिएको देखेर वाक्क लाग्थ्यो। नियमहरू सबै महिलाहरूमा लगाइएका जस्तै यसो नगर उसो नगर समाजले यस्तो भन्छ उस्तो भन्छ भन्दै महिलाहरू डराएका थिए । अहिले पनि कति ठाउँमा महिलाहरूलाई नियमले बाँधिएको छ । आफ्नो खुसी गर्न नहुने जैले पनि घरकै काम भान्छाकाे काम गरेरै जीवन बित्ने भो । पुरुषहरूलाई सबै कुराको छुट् छ । नियमले कोही बाँधिएका छैनन् । घरको कमाउने मान्छे हो भन्दैमा यही नै हुँदैन । हो कमाइले घर चल्छ तर त्यही भन्दै अरूलाई होच्याउन त मिल्दैन नि । पहिला र अहिलेको समयमा निकै फरक छ अहिले अफिसमा महिलाहरूले काम गरेको देखिन्छ ठूलाठूला स्थानमा महिलाहरू देखिन्छन् । समयको परिवर्तन आयो जस्तै महिलाहरू पनि सोच परिवर्तन गरेर अगाडि बढेका छन् । पहिला जुन भान्सामा चुरा बजेको राम्रो सुनिन्थ्यो भने अहिले जसले पनि पकाए हुन्छ। अहिलेको समयमा कामले मान्छे व्यस्त हुन्छन् कसैलाई फुर्सदै हुँदैन। मान्छेको सोच बिचार सबैमा परिवर्तन आउनुपर्छ । एकको सोचमा परिवर्तन आएन भने पुरै समाज परिवर्तन हुन समय लाग्छ । जति ढिला हामीले गर्याे त्यति बेला अगाडि बढ्न गाह्राे हुन्छ । एकले मात्र हैन सबैले आफ्नो सोचलाई बदल्नुपर्छ आफू अगाडि बढेर मात्र हुँदैन समाजलाई अगाडि बढाउनुपर्छ। जहाँ पहिले महिलाहरूलाई हेपिन्थ्याे । अहिले महिलाहरू अगाडि बढेका छन् ।
समाजको बारेमा न साेची पहिला आफूलाई परिवर्तन गर्नुपर्छ । आफ्नो सोच र बिचार बदलिएपछि समाज आफैँ बदलिन्छ । विगतले महिलाहरू अगाडि बढ्दैछन् र आफूले गर्ने काम समाजको देखिरहेका छन् प्रगति देखाइरहेका छन्।