Logo

Student Corner

सामाजिक सञ्जाल र सूचना

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 08 December, 2022

सामाजिक सञ्जाल भनेकाे विभिन्न घटना, सूचना तथा जानकारीहरूलाई सम्प्रेषण गर्ने माध्यम हाे । जसका विभिन्न फाइदा र बेफाइदा हुन्छन् । सामाजिक सञ्जालकाे माध्यमबाट विविध प्रकारका जानकारी र ज्ञानहरू आदानप्रदान गरिन्छ । यिनै सूचना तथा जानकारीको साथसाथै धेरै गलत सूचनाहरू पनि सम्प्रेषण भएकाे भेटिन्छन् । आजकल सबैले विभिन्न प्रकारका सामाजिक सञ्जालहरू प्रयोग गर्छन्,जस्तैः फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ट्विटर, स्न्यापच्याट, टिकटक आदि । आजकल बालबालिकाहरूले अत्याधिक मात्रामा सामाजिक सञ्जालकाे प्रयाेग गर्ने भएकाले त्यहाँ भेटिने गलत सूचना, अनावश्यक भिडियाे आदिले असर पारेकाे छ । उनीहरू यसरी लगातार  अनुपयुक्त तथा अनावश्यक जानकारीहरूसँग नजिक हुँदा बाल मस्तिष्कमा नकारात्मक असर पारेकाे हुन्छ ।
सामाजिक सञ्जालका धेरै फाइदाहरू छन्, जस्तैः  हामी यसको माध्यमबाट सञ्चार गर्न सक्छौँ र यसलाई अनुसन्धानको लागि प्रयोग गर्न सक्छौँ, देशविदेशमा घटेका घटनाहरूकाे बारेमा समयमा नै सुसूचित हुन्छाैँ । त्यस्तै कुनै विषयवस्तुकाे बारेमा साेधखाेज गर्नका लागि पनि यस्ता किसिमका सञ्जालहरूकाे प्रयाेग गर्न सक्छाैँ । त्यस्तै यसका बेफाइदाहरू पनि छन्, समाजिक सञ्जालकाे दुरुपयाेगले व्यक्तिगत तथा सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि धेरै मानिसहरूले गलत सूचना फैलाउँछन् । जसले गर्दा धेरै निर्दोष मानिसहरू समस्यामा परेका छन् । सामाजिक सञ्जालमा भनिएका सबै कुरा मानिसहरूले विश्वास गर्छन् । हामीले देखेका सबै कुरामा विश्वास गर्नु हुँदैन । आजभाेलि दैनिक विभिन्न माध्यमबाट धेरै लेखहरू प्रकाशित हुने गरेका छन् । जसअन्तर्गत कुनै कुनै लेखहरूमा भ्रामक जानकारीहरू पनि रहेकाे पाइन्छन् । हामीले सामाजिक सञ्जालमा फेला पार्ने यस्ता गलत सूचनाहरू मात्र होइनन्, धेरै हानिकारक पनि हुन सक्छन् । सामाजिक सञ्जाल एक सञ्जाल हो, जहाँ धेरै मानिसहरूले आफ्नो अनुभव र अन्य धेरै कुराहरू राख्ने गर्छन् । 
मानिसहरू विभिन्न उद्देश्यका लागि सामाजिक सञ्जालकाे प्रयोग गर्छन् । साँच्चै भन्नुपर्दा सामाजिक सञ्जालले विगत केही वर्षदेखि समाजलाई धेरै सहयोग गरेको छ । उदाहरणका लागि, जब कोरोनाको कारण लकडाउन थियो, हामीले यही सामाजिक सञ्जालका कारण काम र अध्ययन अध्यापन गर्न पायौँ । साथै हामी अन्य आवश्यक कुराहरू प्राप्त गर्न यसलाई प्रयोग गर्न सक्छौँ। हामी यसलाई लुगा र खाना किन्न, जवाफ खोज्न, पढ्न वा मनोरञ्जनको रूपमा प्रयोग गर्न प्रयोग गर्न पनि सक्छौँ । तर यसकाे सही प्रयाेग गर्न सकेनाैँ भने हाम्रो दैनिक जीवनमा धेरै समस्याहरू सिर्जना गर्दछ । गलत सूचना छिटो फैलिने गर्छ । यदि कसैले केही भन्यो र कोही उसको कुरामा सहमत भएन भने तिनीहरू सामाजिक सञ्जालकाे दुरुपयाेग गर्छन् । धेरै मानिसहरूले आफ्नो स्वार्थको लागि गलत जानकारी फैलाउँछन् । उदाहरणका लागि, काेही मानिसहरू केवल व्यक्तिगत स्वार्थका लागि, क्षणिक समयकाे आनन्दकाे लागि झटा सूचनाहरू राख्छन् । हामी मानिसहरू धेरै जिज्ञासु हुन्छौँ त्यसैले हामीले अनलाइन देख्ने धेरैजसो सूचनाहरूमा हेर्ने गर्छौं तर दुःखको कुरा केही मानिसहरूले यसको फाइदा उठाउँछन् र हामीलाई समस्यामा पार्ने प्रयास गर्छन् ।अहिले समाजिक सञ्जालमा दिनहुँ धेरै गलत जानकारी भाइरल हुन्छन्।
हामी धेरैलाई याद होला कि एक पटक ठूलो भुकम्प आउँछ भनेर झुटो सूचना अफवाह पनि फैलाएको थियो ।जसले गर्दा सबै मानिसमा डर पैदा भएको थियो र सबैजनालाई सचेत पनि बनाएको थियो तर एक हप्ता बितिसक्दा पनि केही भएको थिएन  । हामी यसलाई   प्रतिबन्ध लगाउन सक्दैनौँ  किनकि यसमा बेफाइदाहरू भन्दा बढी फाइदाहरू छन् । त्यसैले हामीसँग भएका सबै सामाजिक क्षेत्रहरू मेटाउनुको सट्टा हामी केवल गलत जानकारीलाई बेवास्ता गर्न र यसलाई फैलाउनबाट रोक्न सक्दो प्रयास गर्न सक्छौँ । हामीले मानिसहरूलाई गलत सूचना र झुटा समाचारहरूले कसरी नकारात्मक असर पार्न सक्छ भन्नेबारे सचेत गराउनुपर्छ । हामीले अनलाइन देख्ने वा पढेका सबै कुरालाई विश्वास गर्न पनि बन्द गर्नुपर्छ किनभने हामीले अनलाइनमा हेरेका सबै कुरा सत्य हुँदैनन्। तथ्यमा आधारित वा प्रमाण नभएसम्म हामीले कुनै कुरामा विश्वास गर्नु हुँदैन।