Logo

Student Corner

दसैँ

Written by: Sabhya Marasini Pradhan - 30039, Grade V

Posted on: 08 December, 2022

दसैँ हिन्दुहरूले मनाउने पर्व हो। दसैँमा मान्छेहरू पिङ्ग खेल्छन्, चङ्गा उडाउँछन्, टिका लगाउँछन्, पैसा र आशीर्वाद लिन्छन् र दिन्छन्।
यसपालीको दसैँमा म बिरामी भएँ। छुट्टीको पहिलो दिनमा मेरो भाइलाई खोकी लाग्यो। मेरो भाइको रुगा मलाई र मेरो बुबालाई सर्‍याे, तर ६-७ दिनपछि निको भयो। यसपाली, दसैँमा घाम लागेन र पानी पर्‍याे।  दसैँको ३-४ दिनपछि चाहिँ, घाम लाग्न सुरुभयाे। म टिकाको दिनमा मेरो मामाघर, ठुलोबुबाको घर, र कुटुम्बको घरमा गएँ । दसैँमा पानी परेर मैले चङ्गा उडाउन पाइन,तर मैले धेरै ओटा चङ्गा देखेको थिएँ। मलाई दसैँमा बुबाले कुर्ता सुरुवाल किनिदिनुभयो र मेरी आमाले मलाई सर्ट किनिदिनुभयो। मेरो लागि दसैँ धेरै रमाइलो भयो र मैले अत्यन्तै राम्रो आशिर्वाद र धेरै पैसा पाएँ।