Logo

Student Corner

मन पर्ने खेल

Written by: Ishani Chhetri - 32010, Grade III

Posted on: 08 December, 2022

मेरो मन पर्ने खेल पौडी हो । म हरेक शनिबार पौडी खेल्छु । पौडी खेल्नको लागि पौडी पोसाक चाहिन्छ । आँखालाई बचाउन चस्मा चाहिन्छ । पौडी खेल्नुअघि नुहाउनुपर्छ । मैले हिजो पौडी पोसाक र चस्मा किनेँ । पौडी खेल्न मज्जा आउँछ । पौडी खेलेपछि थकाइ लाग्छ । गर्मी दिनमा पौडी खेल्न मन पर्छ । जाडो दिनमा पानी भित्र पस्‍न डर लाग्छ ।