Logo

Student Corner

पीडामय अनुभूति

Written by: Ayan Basnet - 25019, Grade X

Posted on: 07 December, 2022

मेरो जीवनको एउटा नयाँ मोड
गर्नुपर्ने परीक्षाका लागि धेरै जाेड ।।
एस.ई.ई. आउन समय निकै थियो
एस.ई.ई. पहिले सबै रसमय थियो ।।

जीवनमा कहिल्यै अभाव न दबाब थियो,
हास्ने र रमाउने समय एस.ई. ई.ले लियो ।।
समय पर्खिने छैन कसैलाई, परीक्षा आउँदैछ, 
मलाई बेला बेलामा झस्काउँदैछ,तर्साउँदैछ ।।

परीक्षाको तयारी म आज होइन भोलि भन्छु,
म एक अल्छी केटो सधैँ बहाना मात्र खोज्छु ।।
बसेर दिनभर म पढ्न त खोज्छु-खोज्छु,
माेबाइलकाे घन्टी बज्दा त्यतै अल्झि बस्छु ।।

अन्तिममा अब बाँकी केही रहेन,
बाँकी भएको समय पनि रहेन ।।
यस्तो अवस्थामा त केही भएन,
अझ पनि ममा कुनै परिवर्तन आएन ।।