Logo

Student Corner

पानी

Written by: Aarohi Paudel - 31025, Grade IV

Posted on: 07 December, 2022

पानी हाम्रो दैनिक जीवनमा नभइ नहुने कुरा हो । पानी पिउनका लागि, सरसफाइका लागि, खेतीपाती गर्न, गाईवस्तुलाई खुवाउन,विद्युत उत्पादन गर्न आदि कामका लागि प्रयोग हुन्छ । पानीविना कुनै पनि प्राणी बोटबिरुवा बाँच्न सक्दैनन् । संसारमा रहेका जीवजन्तु, चराचुरुङ्गी, मानिस आदि  सबैलाई पानी चाहिन्छ । पानी हामी सबैको जीवन हो । पानीलाई खेर फाल्नु हुँदैन ।