Logo

Student Corner

समयको महत्त्व

Written by: Remon Sangat - 25012, Grade X

Posted on: 05 December, 2022

जिन्दगीमा समयकाे धेरै महत्त्व हुन्छ 
समयले हामीलाई धेरै कुरा सिकाउँछ 
अघि बढ्न समयकै पछि लाग्नुपर्छ 
ठीक समयमा ठीक ठाउँमा पुर्‍याउँछ

समयले हामीलाई ठाउँमा पुर्‍याउँछ 
त्यसैले समयअनुसार चल्न सक्नुपर्छ 
समयलाई सम्मान गर्न हामीले सक्नुपर्छ 
समयको पछि पनि हिड्न सक्नुपर्छ

जिन्दगीमा अघि बढ्न सक्नुपर्छ 
अघि सर्न मिहिनेत गर्न सक्नुपर्छ
मिहिनेत गर्न समयअनुसार चल्नुपर्छ 
समयलाई सम्मान गर्न सक्नुपर्छ

समयले सबैलाई धेरै ठाउँ पुर्‍याउँछ 
तर कहिले फर्काएर ल्याउँदैन त्यहीँ
समयले जति ढिलो माथि पुर्‍याउँछ  
झर्न त्यति धेरै ढिलो समय लाग्दैन


मान्छेलाई समयले ठीक ठाउँमा पुर्‍याउँछ 
त्यसको लागि समयमै मिहिनेत गर्नुपर्छ
जिन्दगीमा समय खेर गएपछि 
रोकेर समयभित्र ल्याउन सकिदैन

जिन्दगीमा सबैलाई ठुलो मान्छे बन्नु छ 
त्यसको लागि सबैले मिहिनेत गर्नु छ
अघि बढ्न मिहिनेत गराैँ अब यसपाली
समयलाई एकछिन पनि खेर नफाली