Logo

Student Corner

पर्यटन : विकासको एउटा बाटो

Written by: Roji Gurung - 26007, Grade IX

Posted on: 02 December, 2022


नेपाल प्राकृतिक सौन्दर्यले घेरिएको देश हो, भन्ने कुरा हामी सबैलाई थाहा छ । हिमाल, पहाड र तराईकाे स्वरूपमा अवस्थित भूखण्ड नेपाल, साह्रै नै लाेभलाग्दाे र आकर्षक छ । नेपाल प्राकृतिक स्राेतले सम्पन्न भएकाे मुलुकका रूपमा गनिन्छ । त्यसकाे समुचित प्रयाेग हुन नसक्दा पछाडि परेकाे कटु सत्य पनि हाे । नेपालमा विकासका लागि विभिन्न स्रोतहरूकाे प्रयाेग गर्न सकिन्छ । ती मध्ये एक महत्त्वपूर्ण स्राेत पर्यटन हो । पर्यटन भनेको महत्त्वपूर्ण तथा रमणीय ठाउँहरूकाे अवलाेकन गर्न गरिने भ्रमण वा यात्रा हाे । पर्यटक भनेको विभिन्न उद्देश्यका साथ एक ठाउँबाट अर्को ठाउँमा भ्रमण गर्ने मानिस हो। पर्यटकहरूलाई अरूको देश घुम्न र अरूको देशको प्रकृति अनि संस्कृति अवलाेकन गर्न धेरै नै रमाइलाे लाग्छ । नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, साँस्कृतिक सम्पदा, आदिका कारणले विभिन्न देशका मानिसहरू आकर्षित भई घुम्न आउँछन्।  नेपालमा पर्यटनको धेरै महत्त्व र राम्रो सम्भावना पनि छ। यही पर्यटनकाे माध्यमबाट नेपालको विकासमा पनि धेरै मद्दत पुर्‍याएकाे छ ।  धार्मिक स्थलहरू, सुन्दर हिमाल, हरियाली वातावरण, विभिन्न तालतलैयाहरू आदि रमणीय क्षेत्रहरू नेपालमा पर्याप्त छन् । नेपालमा धेरै रमाइला ठाउँहरू र रमाइलो गर्ने कुराहरू भए पनि यिनीहरूकाे प्रयोग राम्ररी नभएकाे भेटिन्छ। राजनीतिक स्थिरता र दिगाे विकासकाे मूल्यलाई आत्मसाथ गरी परिवर्तन गर्ने नेतृत्वकाे कमी भएकाे महसुस हुन्छ । सबैभन्दा पहिला त नेपालमा धेरै भ्रस्टाचार भइरहेको छ । यही राजनीतिले न त पर्यटन क्षेत्र न त देश नै विकास भएको छ ।  अर्को देशबाट नेपाल आएपछि हामी विदेशी मुद्रा कमाउन सक्छाैँ । विदेशी मुद्रा राम्ररी प्रयोग गर्न सकियो भने देशकाे विकास गर्न सकिन्छ र आर्थिक अवस्था पनि राम्रो हुन्छ । पर्यटकलाई आफ्नो झोला बोक्न र बस्नका लागि होटेलहरू चाहिन्छ । यसका लागि धेरै मानिसहरू संलग्न हुनुपर्छ र यसरी मानिसहरूले सजिलै रोजगारी पाउन सक्छन् र बेरोजगारीको समस्या समाधान हुन्छ । मानिसहरूलाई अर्काको देशमा गई काम गर्नु पर्दैन र आफ्नै देशमा बसी केही काम गर्न पाइन्छ । यसरी नेपालमै बनेका वा उत्पादन भएका सामग्रीहरू पनि अरू देशमा बिक्री गरी अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध कायम गर्न सक्छाैँ ।  यसरी नेपालीले आफैँ सुरु गरेका व्यापार व्यवसायहरू पनि अरू देशमा फैलिन सक्छन् र राम्रो कमाउन सक्छन्। यसरी नै नेपालमा उत्पादनका स्रोतहरू पनि बढ्छन् । हाम्रो देशले अझैँ नाम कमायो भने अरू देशका मानिसहरू यहाँ शिक्षा आर्जन गर्न पनि आउँछन् । उनीहरूले शिक्षामात्र हैन कलाहरू पनि सिक्छन् । जसले गर्दा मानिसहरूले रोजगार पाउँछन्, कि त आफैँ व्यापार सुरू गर्न सक्छन् । 
नेपालको विकासमा पर्यटनको भूमिका महत्वपूर्ण छ । विकासको सम्भावना भए पनि नेपालमा पर्यटनको त्यति विकास हुन सकेको छैन । त्यसैले नेपालको राजनीतिले आफ्नो देशको बारेमा सोची पर्यटकका लागि राम्रो आवासको सुविधा प्रदान गर्नुपर्छ । हामी आफैँले पनि देशकाे प्रचारप्रसार गर्नुपर्छ ।  नेपालमा पर्यटन विकास गर्न सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्छ । हाम्रो देशको भविस्य हाम्रै हातमा छ । त्यसैले नेतृत्व चयन गर्दा राम्रोलाई छान्नुपर्छ । हाम्राेलाई हाेइन । हामीले पनि देश विकासको लागि पर्यावरणमैत्री क्रियाकलाप गर्नुपर्छ । नेपालको राजनीति पनि नेपालकाे विकासका लागि केन्द्रित हुनुपर्छ ।  मलाई लाग्छ पर्यटनको विकास भयो भने, सिङ्गो देशको विकास हुन्छ ।