Logo

Student Corner

बुबा

Written by: Sulav Maharjan - 25017, Grade X

Posted on: 01 December, 2022

बुबा, 
तपाईं सबैभन्दा राम्रो व्यक्ति हुनुहुन्छ
म भाग्यमानी मान्छे हुँ
तपाई‌ंजस्ताे बुबा पाएकाे छु
तपाईं मेरो सबैभन्दा मिल्ने साथी हुनुहुन्छ

तपाईं मेरो पहिलाे र महान् समर्थक हुनुहुन्छ
र मेरो सबैभन्दा ठूलो आराम
र मेरो सबैभन्दा ठूलो प्रेरणा
बाबा तपाईं मेरो सुपरहिरो हुनुहुन्छ

मलाई केही चाहिँदैन
तर मलाई तपाईंकाे माया चाहिन्छ
र तपाईंकाे सधैँ हाैसला चाहिन्छ
संसारमा अरूभन्दा तपाईं हिलो हुनुहुन्छ

तपाईंलाई थाहा छ कि म धेरै खुसी छु
अनि याे मनले पनि त्यही भन्छ,
आज र हरेक दिनमा म अगाडि बढ्न सक्छु,
किनकि,
मसँग तपाईं मेरो बुबाको रूपमा हुनुहुन्छ