Logo

Student Corner

प्रविधि

Written by: Jiya Sapkota - 25003, Grade X

Posted on: 29 November, 2022

झ्याल ढोकामा सूर्यको किरणझैँ
चम्किदै आएको प्रविधि 
अहिले विश्व माझ देशविदेशको  
चिनारी फेर्दै, 
मित्रता गाँसिरहेकाे छ सात समुद्र पारि 
विश्व पक्कै  त्यहीतर्फ ढल्किदै छ ।।

फेरिए ती  पाटीहरू
थुनिए ती कक्षाकोठा
रोकिए ती बाहिरी खेलकुद अब, 
चल्छन् सबै कम्प्युटरका सहारा ।।
लाखौँ टाढिएका थकित हृदयहरू,
प्रविधिको छायामा,
आनन्दको न्यानोपन खोजिरहेका छन्
सहारामा प्रविधिको 
आफ्ना चोटहरूमा मलम लगाइरहेका छन् ।।

प्रविधि नै जीवन हाे भनी ठान्दा 
जीवनको सङ्गत अस्तव्यस्त हुँदा
रहन्छ मात्र डर र त्रास 
न त जीवनमा रस, न त 
इन्टर्नेटको साथ  ।।