Logo

Student Corner

पुस्तक समीक्षा- विक्रम र बेताल

Written by: Aayaan Rai - 31006, Grade IV

Posted on: 29 November, 2022

‘विक्रम र बेताल’ एउटा दन्त्यकथाहरूको सङ्कलन हो । यो पुस्तक मलाई धेरै मन पर्ने पुस्तक हो । यस पुस्तकका कथाहरू पढिसकेपछि पाठकको दिमागमा धेरै प्रश्नहरू आउँछन् जसले गर्दा यसमा भएका कथाहरूका बारेमा हामी सोच्न बाध्य हुन्छाैँ । विक्रम र बेताल कथा विक्रमले भद्रकाललाई भेटेपछि सुरु हुन्छ । विक्रम एउटा  बुद्धिमान राजा हो भने भद्रकाल जाेगी हाे । विक्रमलाई बेताल नाम गरेको भूत ल्याएमा उसको राजधानी शक्तिशाली हुने कुरा भद्रकालले बताउँछन् । मध्य रातमा विक्रम बेतालको खोजीमा निस्किन्छन् । बेताल एउटा पुरानो पिपलको रुखमा उँधोमुन्टो लगाएर झुन्डिरहेको विक्रमले देख्छ । विक्रमले बेताललाई समातेर आफ्नो दरबारतिर आउँदा बेतालले विक्रमलाई कथा भन्न सुरु गर्छ । त्यही कथाहरूको सङ्कलनबाट विक्रम  र बेताल नामक पुस्तक बनेको छ ।