Logo

Student Corner

यसपालिको दसैँ

Written by: Haezel Dahal - 33009, Grade II

Posted on: 29 November, 2022

दसैँ नेपालीहरूको महान तथा विशेष पर्व हो । दसैँ हामी सबैजना मिलेर मनाउँछौँ । दसैँमा परिवारका सबै सदस्य भेटघाट गर्छाैँ । यसपालिको दसैँमा म मेराे घर गाईघाट गएँ । मेरो मामाघर बेलबारी पनि गएँ । त्यहाँ मैले बिभिन्न खेलहरू खेलेँ । मैले आफूभन्दा ठूलाबाट टीका लगाएर आशीर्वाद र दक्षिणा पनि पाएँ । मैले चारवटा खसी काटेको देखेँ । मैले नयाँ लुगा र नयाँ जुत्ता लगाएर घर घरमा टीका लगाउन गएँ । गाईघाटमा हामी सबैजनाले मिलेर मासु पोलेर पनि खायौँ । मामाघरमा मैले धेरै रमाइलाे गरेँ । म मेरो साथीको घर गएँ । मैले पौडी खेल्ने अवसर पनि पाएँ । मैले दसैँको बेलामा घरमा काम पनि सघाएँ । मैले मेरा दादा र दिदीको घरमा टीका लगाउन गएँ । यसपालिको मेरो दसैँ धेरै रमाइलो गरी बित्यो ।