Logo

Student Corner

 कतारको वास्तविक सत्य

Written by: Sauharda Bajracharya - 26010, Grade IX

Posted on: 28 November, 2022

सन् २०२२ को विश्वकप कतारमा आयोजना हुँदैछ । विश्वभरबाट करोडौं मानिसहरू विश्वकप हेर्न कतार पुगेका छन्, तर त्यहाँ यस्तो एउटा कुरा छ जुन कतारी सरकारले हामीबाट लुकाइरहेको छ । तपाईंले कतारको राजधानी दोहाको नक्सा हेर्नुभयो भने त्यहाँ यस्तो एउटा क्षेत्र छ जसलाई ‘औद्योगिक क्षेत्र’ को नाम दिइएको छ । तर त्याे ‘औद्योगिक क्षेत्र’ ले धेरै गोप्य कुराहरू लुकाइरहेको छ । कतार पश्चिम एसियाको मरुभूमिमा रहेको सानो तर धनी देश हो । यो संसारको सबैभन्दा ठूलो ग्याँस क्षेत्रको घर हो । कतार देश यति धनी छ कि कतारी जनताले नि:शुल्क स्वास्थ्य सेवा र शिक्षा, रोजगारी र कतारी हुनको लागि मात्र पनि पैसा पाउँछन् । कतारले आफ्नाे देशकाे विकासकाे लागि जनशक्तिकाे अत्याावश्यक पर्ने हुँदा अरू देशहरूबाट कामदार लिइरहेको हुन्छ । कतारका छिमेकी राष्ट्रहरू पनि धनी बन्दै गएपछि कतारले आफ्नो देशको अर्थव्यवस्था बढाउनका लागि नेपाल, भारत, बंगलादेश, पाकिस्तानजस्ता गरिब मुलुकहरूबाट आप्रवासीहरूलाई रोजगारीको लोभमा कतारले लिने गर्छ ।  सन् २०१० को सुरुमा कतारलाई सन् २०२२ को विश्वकपको आयोजकका लागि छनोट गरिएको थियो । त्यति बेला कतारसँग केही पनि पूर्वाधार थिएन । उनीहरूले छोटो समयमा धेरै संरचना निर्माण गर्नु पर्थ्यो । त्यसले कतारले विश्वकपका लागि पूर्वाधार निर्माण गर्न दक्षिण एसियाका देशहरू(नेपाल, भारत, बंगलादेश , पाकिस्तान) र अफ्रिकी देशहरूबाट कामदारहरू लियाे । भिडियोमा, उनीहरूले कतारमा विश्वकपका लागि पूर्वाधार निर्माणमा काम गरेका नेपालीहरूसँग अन्तर्वार्ता लिएका छन् । अन्तर्वार्तामा त्यो ‘औद्योगिक क्षेत्र’ पछाडिको सत्यता भनिएको छ । अन्तर्वार्तामा दोहाको त्यो सानो ‘औद्योगिक क्षेत्र’ सबै एक जाल हो भनेर खुलासा भएको छ । सन् २०१० पछि नेपाल, भारत, बंगलादेश र पाकिस्तान जस्ता देशहरूबाट मानिसहरू कतारमा कामको खोजीमा आउन थालेपछि, कतारी सरकारले एउटा कानुन कार्यान्वयन गरे जहाँ विवाह नगरेका कामदारहरू दोहाको पारिवारिक क्षेत्रहरूमा बस्न पाउँदैन थिए । त्यो पारिवारिक क्षेत्र कहाँ पर्छ  ? त्यो पारिवारिक क्षेत्र ‘औद्योगिक क्षेत्र’ बाहेक पुरै दोहा सहरमा पर्छ । तर कतारी सरकारले केही आचारसंहिता बनाएकाे थियाे । विवाह नगरेका कामदारहरू जो बजार र रेस्टुरेन्टहरूमा काम गर्थे र जो वकिल, प्रशासकहरू थिए तिनीहरू भने त्याे पारिवारिक क्षेत्रमा बस्न पाउँथे । कतारले आफ्नो सुन्दर राजधानी सहरलाई गरिब मानिसहरूले भरिएको देख्न चाहँदैन थियो । त्यसैले कतारी सरकारले यी कामदारहरूका लागि सहरको छुट्टै भागमा घरहरू बनाइदिएकाे थियाे । त्यहाँ कामदारहरू ५० डिग्री सेल्सियसको तापक्रममा काम गर्नु पर्थ्याे । सरकारले बनाइ दिएका घरहरू पनि राम्रा थिएनन् । एउटा कोठामा ६-८ जनालाई राखिन्थ्यो र खाट उडुसले भरिन्थ्यो । कतारको अवस्था यति खराब थियो कि कतिपय मानिसहरू घर नै फर्किएनन् । मानिसहरू प्रायः हृदयघात र प्राकृतिक कारणले मर्थे । के ती कामदारहरूले अरू जागिर लिन मिल्दैन ? मिल्दैन  । किनकि सुरूमा नै कामदारहरूले अरबीमा लेखिएका कागजहरूमा हस्ताक्षर गर्नु पर्थ्याे । जसमा उनीहरूले अर्को जागिर लिन मिल्दैन भनेर लेखिएको हुन्थ्यो । भनिन्छ  संसारबाट दासत्व समाप्त भयो, तर कतारमा भएका यी भयानक चरित्रहरूले दासत्व साँच्चैमा समाप्त भयो ? भन्ने प्रश्न उठाउँछ । धेरै कामदारहरूले आफूले भोग्नु परेको समस्या लिएर विरोध गर्न थाले तर जहिले पनि प्रहरी आउँथे र तिमीहरूले आफ्नो हक पाउँछन् भनेर जान्थे । पछि गएर कतारले आफ्नो देशमा सुधारहरू ल्याउन थाल्याे । कामदारहरूलाई चर्को गर्मीमा काम गर्न नपरोस् भनेर उनीहरूले कार्य घण्टा भनेर छुट्टै समय बनाए ।  काम गर्ने ठाउँमा पानीका जारहरू राखिदिए र मानिसहरूले अरू जागिर छान्न पाओस भनेर कानून परिवर्तन गरे । विषय अझैँ राम्रोसँग बुझ्नको लागि मैले सन्दर्भमा लिएको भिडियो हेर्न म सबैलाई सिफारिस गर्दछु । 


 

सन्दर्भ:

 What Qatar Doesn't Want the World to See | WORLD CUP 2022