Logo

Student Corner

मन पर्ने खेल

Written by: Shreeyan Sangat - 32023, Grade III

Posted on: 28 November, 2022

मलाई बास्केटबल खेल्न मन पर्छ । यो खेल खेल्ने बास्केटबल कोट हुन्छ । यो खेलमा दुईवटा टिम हुन्छ । दुवै टिममा पाँच-पाँच  जना खेलाडी हुन्छन् । यस खेलमा दुईवटा रिंग राखेको हुन्छ जसमा अर्को टिमले रिंगमा स्कोर गर्नुपर्ने हुन्छ । अर्को टिमको रिंगमा बल छिराएपछि मात्रै पोइन्ट आउँछ। जसले धेरै पोइन्ट पाउँछ, त्यही टिम विजयी हुन्छ । बास्केटबल खेल खेल्दा बललाई छलाएर अर्को टिमको रिङमा स्कोर गर्न सक्नुपर्छ । आफ्नो टिमलाई जिताउन आफ्नो टिमको साथीलाई पास गर्न पनि जान्‍नुपर्छ ।