Logo

Student Corner

बालबालिका काँचाे माटो

Written by: Aaisma Wagle - 23050, Grade XII

Posted on: 25 November, 2022

बालबालिका काँचाे माटा जस्तै हुन्छन्,
यिनीहरू आकार पाए जसरी बढ्छन् ।
त्यसैले यिनीहरूलाई ठिक आकार देऊ
यिनी सुन्दर मूर्तिकला बन्न सक्छन् ।

बालबालिका ऐना जस्तै हुन्छन्,
जब मनमोहक तस्बिर देखाइन्छ,
तस्बिरलाई मस्तिष्कमा सजाउँछन् 
अनि, भविष्यकाे सुन्दर संसार सिर्जना गर्छन् ।

बालबालिका सिसा जस्तै हुन्छन्,
कसैले प्रहार गरे सजिलै फुट्न सक्छन् ।
बालबालिका कच्चा हिरा जस्तै हुन्छन्,
चम्काउनु अघि नै चम्किई सकेका हुन्छन् ।

बालबालिका हिउँ जस्तै हुन्छन्,
शुद्ध, स्वच्छ र निर्दोष दाग नभएका ।
बालबालिका डुङ्गा जस्तै हुन्छन्, 
जहाँ तैरिएको पानीकाे बहाबमा अडिन्छन् ।

बालबालिका सबैभन्दा नजिकका रूप,
सुनाैला भविष्य र देशका सुन्दर सपना 
जब हुर्कने छन् यी कोपिला
फक्रिने छन् सुन्दर विश्वमा ।