Logo

Student Corner

मरो जीवनको लक्ष्य

Written by: Saisha Pudaisaini - 2021015, Grade X

Posted on: 27 February, 2020

जीवन यात्रालाई सकुशल गन्तव्यमा पुर्‍याउने चाहना हरेक मानव यात्रुको हुन्छ । मैले पनि अfफ्नो जीवनलाई सेवाको पवित्र मार्गमा हिँडाउँने लक्ष्य लिएकी छु ।  मेरो जन्म वि. स. २०६१ साल साउन ३० गते काठमाडाैंकाे टिचिङ अस्पतालमा भएको थियो । टिचिङ अस्पताल नेपालको प्रख्यात अस्पताल हो । सायद मेरो जन्म भएकै ठाउँका डाक्टरहरूबाट म जन्मने बित्तिकै प्रभावित भएकी थिएँ होला । समय बित्दै जाँदा मेरा रूचि र लक्ष्यहरू पनि परिवर्तन हुँदै थिए । म कहिले प्रख्यात वकिल बन्ने सपना बुन्थेँ त कहिले एक सक्षम बजार व्यवस्थापक भने कहिले एक पाइलट । आफू एउटै लक्ष्यमा अटल रहनुपर्छ र त्यसका लागि मिहिनेत गर्नुपर्छ भन्ने कुरा मैले सिकेकी छु । त्यसैले मेराे जीवनको लक्ष्य एक सक्षम र प्रख्यात डाक्टर बन्नु हो र म यसमा अटल रहनेछु र मिहिनेत गर्नेछु ।