Logo

Student Corner

बुढेसकाल

Written by: Aarav B.C. - 25001, Grade X

Posted on: 25 November, 2022

मलाई बुढेसकालसँग धेरै डर लाग्छ
हाम्रो शरीर कमजोर र कुरूप बन्दै जान्छ
हिजाेका निर्णयहरू सोच्दै पछुताउन थाल्छौँ
साँच्चै त्याे जीवन अन्धकारझैँ हुन्छ हाेला।  

तर बुढो हुनु प्रकृतिको नियम हो
अन्ततः मृत्युले हामीलाई पर्खिरहेको छ
मनमा धेरै कुराहरू खेल्छन् होला
के जीवनको उद्देश्य मृत्यु नै हो र ?

बुढो हुनु भनेको एक श्राप हो र ?
मानिसदेखि जनावरसम्म बुढो हुँदै जान्छन्
मृत्युले लगेपछी सबैले बिर्सिन्छन्
बिस्तारै हाम्रो अस्तित्व हराउँदै जान्छ।  

हामीलाई हाम्रो त्यो बुढो शरीर 
हाम्रो त्यो पुरानो सोचाई
हाम्रो त्यो पुराना कुराहरू बोलेको देखेर
सबैले बुढो भनेर बोलाउँछन् होला ।  

मृत्युको पनि आफ्नै 
र जन्मको पनि आफ्नै चक्र त हाे 
मनिसको जीवन यति नै हो नि, हैन र ? 
कसलाई चाहिँ मर्न मन लाग्छ र ?

तर अन्ततः जीवनको उद्देश्य मृत्यु नै होला
तर, अब बुझेपछि मलाई बुढेसकालदेखि डर लाग्दैन 
बुढेसकालको पनि आफ्नै आनन्द त होला नि 
बुढेसकालको पनि आफ्नै आनन्द त होला नि