Logo

Student Corner

जनैपूर्णिमा

Written by: Mehan Rauniyar - 31014, Grade IV

Posted on: 25 November, 2022

२०७९ साल साउन महिनाको २७ गते जनैपूर्णिमा परेको थियो । जनैपूर्णिमा दिन बिहानै नुहाइ धुवाइ गरेर हातमा रक्षा बन्धन (डाेराे) बाँधिन्छ र जनै फेर्ने पनि चलन छ । यस दिन गेडागुडी उमारेकाे क्वाँटी  खाने पनि चलन रहेको छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइका हातमा राखी बाँधिदिन्छन् । यस दिन दिदीबहिनी र दाजुभाइको माया बढ्ने दिन पनि हो । दिदीबहिनीलाई कुनै समस्या आइपर्दा दाजुभाइहरूले सहयोगको भावना राख्दछन् । जनैपूर्णिमामा राखी बाँधेर दाजुभाइहरूसँग दिदीबहिनीको सम्बन्ध अझै राम्रो बन्दछ ।