Logo

Student Corner

दसैँ

Written by: Prisha Poudel - 33039, Grade II

Posted on: 25 November, 2022

दसैँ नेपालीहरूकाे महान चाड हो । दसैँ पन्ध्र दिनसम्म मनाइन्छ । दसैँ हिन्दुहरूकाे लागि निकै महत्त्वपूर्ण चाड हो । दसैँको पहिलो दिनमा घडा स्थापना गरी घटस्थापना भनी जमरा रखिन्छ । नौ दिनसम्म विधिपूर्वक पूजा पाठ र भक्ति गरी शक्तिस्वरूपा भगवतीको उपासना गरिन्छ । दसाैँ दिन दशमी पर्छ । यस दिन भगवतीको पूजा पाठ र विसर्जन गरेपछि टीका र जमरा लगाइन्छ । प्रसाद स्वरुप मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ र आशीर्वाद समेत लिने चलन छ । काेजाग्रत पूर्णिमासम्म दसैँ मनाइन्छ । दसैँको अवसरमा नयाँ तथा सफा र शुद्ध कपडा लगाउने, मासुका विभिन्न परिकार बनाएर खाने चलन पनि रहेको छ ।