Logo

Student Corner

पहिलाे जीवन

Written by: Aarya Chhetry - 24006, Grade XI

Posted on: 24 November, 2022

 उमेर थियाे सानै तर चाेर खाेई चाेर खाेई ?
भनेकाे राम्राे याद छ मलाई
छाेरीले नाम कमाउँदिन
बुबाआमाले पालन गरे याे भनाइ ।

जन्मिदै बाेझ भनेर नामाकरण गरियाे
म दुधे सानाे बालकलाई
दुःखका बादल आकाशमा जब भरिए
फाल्न हतारिए मलाई

विद्यालयबाट लिन पाइन ज्ञान 
सबै आमाले भनेकाे पत्याएँ
सबै कुरा साँचा नहुने रहेछन् 
उमेर पुगेपछि थाह पाएँ ।

आँखा तल, टाउकाे झुकेकाे
अनुहार दन्किँदा पनि चुप बसेँ
सातै वर्षकाे उमरमा तेराे भाेलि विहेभन्दा
मजाक सम्झेर हाँसे, पछि मात्रै चाल पाएँ ।

बुबाकाे उमेरका पुरुषहरू घरमा
बन्दी जसरी कटाउन थालेँ, दिनहरू
भन्नका लागि मात्र थिएँ म बुहारी 
दास भनी जिस्काउँथे नन्दहरू ।