Logo

Student Corner

कुप्रथा

Written by: Anushree Acharya - 28002, Grade VII

Posted on: 24 November, 2022

"समाजको मुख बन्द गर्नाका लागि भए पनि अलिकति यसो केही….." उनले दाइजोको कुरा गर्दै थिए। (यो एउटा कुप्रथा भए पनि कति ठाउँमा यसको अझै पालना गरिन्छ।)

हुम्ला जिल्लामा जन्मेकी श्रेयसाको विवाह गर्ने  भनेर उनकी आमाले भनेकी थिइन् तर उनको विवाहको उमेर पुगेको थिएन। उनले पढिरहेकी थिइन। उनको घरकाे आर्थिक अवस्था कमजोर भएका कारण नचाहे पनि उनले आफ्नी मुटुकाे टुक्रा श्रेयसाको विवाह गर्ने निर्णय लिएकी थिइन्। श्रेयसालाई आफ्नो बारेमा भई रहेको घटनाबारे केही थाहा थिएन । उनले जब थाहा पाइन तब पछि आफ्नो आँखामा बोकेका सबै सपना त्यागेर आफ्नी आमाले भनेकोअनुसार गरिन् ।

विवाहको लागि पूर्वतयारी गरिएको थियो। त्यस दिन उनलाई हेर्न एउटा केटा आएका थिए। सबै कुरा ठिकै चल्दै थियो । केटाको बुबाले सोधेका थिए-"अनि नानीको बाबा चाहिँ कता छन् त।" श्रेयसाका बुबा आफ्नो परिवार पाल्न भनेर पैसा कमाउन काठमाडाैँ गएका थिए ।तर फर्किएर नआएकाले  कोही उनको देहावसान भएको छ भन्छन् भने कोही के भन्छन्।  उनको त्यस बेलादेखि केही अत्तोपत्तो थिएन।

यो कुरा सुनेर उनलाई दुःख लाग्यो । सबै कुराको टुंगो गरेपछि अन्त्यमा उनले सोधे, "समाजको मुख बन्द गर्नका लागि भए पनि अलि यसो केही….." उनले दाइजोको कुरा गर्दै थिए। आफूले पढेको भए पनि उनले अरूको अवस्थाबारे बुझ्न सकेनन् । श्रेयसाकी आमाले आफ्नो सबै अवस्था बारे भनिन् । यो कुरा सुनेर उनले आफ्नो छोरालाई लिएर श्रेयसा आमालाई कराउँदै गई ।

श्रेयसा त्यसबेला कक्षा ६ मा पढ्थिन् । कुरा नबुझे पनि उनले आफ्नी आमाको आँसु देखेर केही नराम्रो भएको बुझिन्। आमाले पनि त्यो कुरा भएदेखि श्रेयसाको विवाह गर्ने निर्णय त्यागिन्। श्रेयसाले आफ्नो माथिल्लो कक्षाको शिक्षा सदरमुकाम बसेर लिइन्। केही समयपछि  गाउँ फर्किन्। त्यहाँ उनले आफ्नी आमा र गाउँकाहरूलाई सचेत गराइन् । अन्त्यमा सबै कुरा चेतनाको अभावले भएको पुष्टि भयो ।

(दाइजो र बालविवाह हाम्रो समाजका कुप्रथा हुन्। जताततै यस कुप्रथाको चलन नभए पनि केही ठाउँमा यसको चलन हुन्छ। यसले हाम्रो राष्ट्रको विकास हुनबाट बन्चित गराउँछ।