Logo

Student Corner

सम्बन्धहरू कमजाेर नै हुन्छन् त ?

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 23 November, 2022

सम्बन्ध त्यति कमजाेर छ त ? आज यसो सोचे सम्बन्ध  भनेको के चाहिँ रहेछ अनि मैले मेरो हजुरबा हजुरआमालाई सम्झेँ । मेरो हजुरबा ९३ वर्षका हुनुहुन्छ । मेरी हजुरआमा ७९ वर्षकी हुनुहुन्छ । जसकाे १६ र ९ वर्षको उमेरमा झुक्काएर बिहे भएकाे रहेछ । जसलाई माया के हो भन्ने कुराको केही ज्ञान थिएन । त्यसो हुँदा पनि मेरो हजुरबा र हजुरआमाको सम्बन्ध एकदम सुमधुर छ । अनि सोचे  माया भन्ने चिजले सम्बन्धलाई टिकाइरहेको छ । अहिले मानिस एउटा सानो झगडाको कारण सम्बन्ध बिच्छेद गर्छन् । झगडा त सबैको हुन्छ होला । मैले पनि मेरो हजुरबा हजुरआमाको झगडा देखेकी छु । उहाँहरू आफैँ भन्नुहुन्छ जति झगडा  गरे नि मेरो बुढेसकालको साहारा यही नै हो । यसबाट के बुझाैँ म अन्योलमा छु । साँच्चै सम्बन्ध त्यही बलियो हुन्छ । जहाँ दुवैलाई एक अर्कालाई गुमाउने डर हुन्छ । तर आजकल त एउटा गए अर्को आउँछ भन्दै सम्बन्ध टुटेको मैले नजिकैबाट देखेकी छु ।  यो देख्दा मलाई एकदमै नराम्रो लाग्छ । 
एउटा मायाको चिनारी पाउनको लागि आमाको निःस्वार्थ भावनालाई हेर्न जरुरी छ । अनि बाबा  जसले  ज्याला मजदुरी गरेर भए पनि मेरा हरेक इच्छा, चाहनाहरूलाई पूरा गरिदिनुहुन्छ । अनि साँच्चै एउटा बाबाआमाले गरेको गल्तीलाई  सम्झेर जिन्दगीभर उहाँहरूले गरेको दुःख बिर्सिन्छ  भने त्यो सायद  स्वार्थ मात्रै हुनेछ । मेरो एउटा साथी जसले भाइ, मामुलाई एकदम माया गर्छिन् अनि बाबालाई खै  किन के कारणले मन पराउँदिनन् । खै के गल्ती गर्नु भएको छ मलाई थाहा छैन, तर उसको त्यो कुराले मलाई सधैँ कहीँ कतै न कतै नराम्रो लाग्छ । अब कारण नै थाह नपाई यति धेरै नराम्रो लाग्छ भनेपछि मलाई बाबा र मामुप्रति कति आदर छ त्यो भन्न सक्दिनँ । खै किन थाहा छैन । तर, मलाई कसैको पनि बाबासँग वा मामुसँग झगडा भएको सुन्नेबित्तिकै पुरै संसार नै उजाड छ जस्तो लाग्छ । सायद म मामु र बाबाको त्यस्तो नजिक नभएर पनि होला । के त्यो गल्ती माफीको लायक नै छैन होला त सोच्छु । के त्यो साथीले भने जस्तै ऊ कहिले पनि त्यो गल्तीलाई माफ दिँदैन होला त ? मलाई त्यसैले भावनाले भरिएका सम्बन्ध आफूलाई कमजाेर बनाउने हतियार जस्तो लाग्छ । 
माया भन्ने शब्द नै मलाई अचमको लाग्छ । अझ मलाई लाग्दैन यो शब्द प्रेमीप्रेमिका बिचको सम्बन्धको लागि मात्र जरुरी छ । भावनाले बनेका सम्बन्धहरू पनि एकदम बलिया हुने गर्दा रहेछन् । मैले एउटा साथीलाई माया गर्छु भने त्यसलाई मेरो प्रेमिका भन्नुपर्छ भन्ने लाग्दैन । म एउटा मान्छेसित बोल्छु भने त्यो मेरो प्रेमी वा प्रेमिका नै हुन जरुरी छैन ।  तर जस्तोसुकै सम्बन्धको  होस् त्यसमा  व्यवहारले ठुलो प्रभाव पर्दो रहेछ । यदि सम्बन्ध तिम्रो तर्फबाट छैन भने सिधै भन्न सक्नुपर्छ नत्र तिमीले गरेको त्यो झुटो नाटकले अरूले सबै सम्बन्ध झुटो हो सोच्छन् । त्यसैले मेरो विचारमा सम्बन्ध  यत्तिकै कमजाेर हुँदैनन् । सम्बन्ध कमजाेर हुनुमा दुवै पक्षको दोष हुने