Written by: Krishma Thapa - 27005, Grade VIII
Posted on: 23 November, 2022
गरिन्छ यहाँ जातपातको कुरा
भनिन्छ सुन्दर फूलबारी
माथि तल्लो जात भनेर
आइरहेको चलन १
नबुझ्ने हो के के
अन्धविश्वासहरु सहेर बसे
दिन रात काट्नै गाह्राे
यो समाजको डरले २
कति बस्छौ खपेर अन्याय
बोल्दैन कोही
डर लिएर बसेका छन्
त्यो गाउँको बिचमा ३
काम गर्ने बेला चाहिने
अरूबेला आरोप लगाए
खप्नुपर्ने अन्याय
फाइदा उठाई दलितको ४
फूलबारी त भनिन्छ
देखिँदैन एकत्त्व यहाँ
जातीय विभेद
ठुलो समस्या हाम्रो समाजको