Logo

Student Corner

मेराे कल्पनाकाे संसार

Written by: Shreevaani Dhungel - 29044, Grade VI

Posted on: 23 November, 2022

मेरो कल्पनामा धेरै कुरा आउँछन् । मेरो दिमागले धेरै कुरा म सुतिरहँदा खेरि देखाउँछ । कहिले राम्रो, कहिले नराम्रो अनि कहिले त डरलाग्दो पनि देखाउछ । यी सबैमा म यस निबन्धमा मेरो कल्पनाको संसारको बारे लेख्दै छु । मेरो कल्पनाको संसारमा म भोलि के हुन्छ वा के गर्ने वाली छु भनेर सोच्छु । मलाई के सोच्ने वा नसोच्ने भनेर चिन्ता गर्दिनँ ।  दिमागमा जे आउँछ त्यहीँको कल्पना गर्छु । मेरो कल्पनाको संसारमा म भोलि विद्यालय गएर कुनै असल काम गर्नेछु भनेर सोच्छु । म भोलि के मिठो मिठो खाने भनेर सोचेर मुख रसाउँछु ।  मेरो कल्पनाको दुनियामा म कोही अरूको जीवन कस्तो छ भनेर सोच्छु । म मेरा साथीहरू, आफन्तहरूको जीवन कस्तो छ भनेर सोच्छु । म कहिले काहीँ कुनै अरू मान्छे बनेको भनेर कल्पना गर्छु । मलाई इन्टरनेटमा केही कुरा हेरेपछि त्यो मन पर्‍याे भने म त्यसकै बारेमा सोचिराख्छु  । म मन लागेको कुनै ठाउँ घुमेको कल्पना गर्छु । म कहिलेकाहीँ दुखद परिदृश्यहरू पनि गर्छु ।  यसमा म मलाई दुख लाग्ने कुराहरूको बारेमा सम्झन्छु । डर लाग्नेमा म धेरै पर्दिन तर मलाई केही चिजको डर छ भने मात्र गर्छु । त्यसमाथि मैले गृहकार्य गरिन भने वा मेरो केही चाहिने कुरा हराए भने मात्र  मेरो डरलाग्दो कल्पना  आउँछ । मेरा यी कल्पनाहरू म सुत्ने बेला मात्र आउँछन् । यसले मलाई राति एघार बजेसम्म जगाउँछ । दुखद् परिदृश्यहरूले मलाई राति नै रुने जस्तो बनाउँछ । आनन्दित परिदृश्यहरू वा सुखद परिदृश्यहरू मलाई हासौँ जस्तो लाग्छ र  डरलाग्दा परिदृश्यहरूले त्यहीँ भागूँजस्तो लाग्छ ।