Logo

Student Corner

मलाई मन परेको पुस्तक

Written by: Shubha Shree Malla - 31030, Grade IV

Posted on: 23 November, 2022

मैले धेरै वटा पुस्तकहरू पढिसकेकी छु । त्यसमध्ये सबैभन्दा मलाई मन परेको पुस्तक ‘लिली रिसाएकी छिन्’  हो । यस पुस्तकका लेखिका अन्विका गिरी हुनुहुन्छ । यस पुस्तकमा लिली नामकी एउटी बालिका हुन्छिन् । उनी आफ्नो बाबासँग रिसाएकी हुन्छिन् । उनी आफ्नो बाबासँग बिहानसम्म खुसी थिइन् । उनको बाबाले उनको कपाल कोरिदिनुभएको थियो । खाना खुवाइदिनुभएको थियो । उनको अन्य दैनिकी कार्यहरू गरिदिनुभएको थियो र उनीसँग धेरै कुरा गर्नुभएको थियो तर बाबाले घरबाहिर गएर आएपछि हात धुनु भएको थिएन । माक्स पनि लगाउनु भएको थिएन । एकछिनपछि लिलीले बाबालाई सम्झाउँछिन् र बाबाले माफी माग्नुका साथै अब देखि यस्तो गर्दिनँ भन्नुभयो । यो पुस्तक मैले धेरै पहिले पढेकी भएपनि मेराे लागि यो पुस्तक  निकै महत्वपूर्ण छ ।